‘गाईजात्रा महोत्सव २०८२’ सुरु

काठमाडौँ, साउन २५ गते । सांस्कृतिक संस्थानले राष्ट्रिय नाचघरमा शनिबारदेखि ‘गाईजात्रा महोत्सव २०८२’ सुरु गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले महोत्सवको उद्घाटन गर्नुभयो।
मन्त्री पाण्डेले गाईजात्रा पर्वको आफ्नै महत्व र मैमा भएको बताउनुभयो। उहाँले भन्नुभयो, “गाइजात्रा पर्व दुःख पीडामा पनि आफूलाई सबल र बलियो बनाएर अगाडि बढ्नु पर्छ भन्ने परम्परागत मान्यतामा आधारित छ । हामी लड्यौँ, ढल्यौँ भने पनि हामी उठेर अगाडि बढ्नु पर्छ, हामी दृढतापूर्वक अगाडि बढ्नु पर्छ । हामीले आँसुमा पनि हाँसो तथा शोक र निराशामा पनि सत्य खोज्नु पर्छ भन्ने मान्यता हो ।” उहाँका अनुसार गाईजात्रा भनेको व्यङ्ग्य गर्नेहरूले पनि सिर्जनशील भएर व्यङ्ग्य गर्नु पर्छ।
महोत्सवमा १४ जना हास्य कलाकारले प्रस्तुति दिनुभएको थियो । पुराना हास्य कलाकारदेखि अहिलेका चर्चित कार्यक्रम ‘कमेडी नाइट विथ च्याम्पियन्स’ र ‘कमेडी दरबार’ का कलाकार यस पटक ‘गाईजात्रा महोत्सव २०८२’ मा जोडिनुभएको छ ।
सिस्नुपानीका अध्यक्ष लक्ष्मण गाम्नागेले कविता ‘आध्यात्मिक’, सुरेन्द्र केसीले ‘मुला साग’, शिवशङ्कर रिजाल ‘जोगिन्दर’ ले ‘प्राइभेट प्रहरी चौकी’,  हिमेश पन्त र सुजिता श्रेष्ठले ‘नेता’, विकास अर्याल र सरोज भण्डारीले ‘किसमिसको हमाल’, भरतमणि पौड्याल र सुमन कोइरालाले ‘घरबेटी र डेरावाल’,  सन्तोष थापा र कैलाश कार्कीले ‘माइतीघर’, दिनेश काफ्ले (हाउडे दाइ) र खडगबहादुर पुन (खबपु) ले ‘अलपत्र’ लगायतमा प्रहसन देखाउनुभयो । सो कार्यक्रममा सांकृतिक संस्थानका तर्फबाट पनि विभिन्न कलाकारको प्रस्तुति रहेको थियो।
सांस्कृतिक पर्व गाईजात्रा (सापारु) को अवसरमा गाईजात्रा महोत्सवको आयोजना भएको हो । यो पर्वको मौलिक संस्कृति लोप हुने खतरा बढेकाले यसको संरक्षणका लागि गत वर्षदेखि गाईजात्रा महोत्सव आयोजना थालिएको जनाइएको छ। परम्परागत र लोकतान्त्रिक पद्धति अनुसार व्यङ्ग्य गर्ने छुट रहेको तर, छुटको नाममा अतिरञ्जित किसिमले प्रहसन गरी सांस्कृतिक पर्व गाईजात्रा भन्नु नयाँ पुस्तामाझ गलत भाष्य सम्प्रेषण भइरहेकाप्रति संस्थानले ध्यानाकर्षण पनि भएको जनाएको छ।

श्रोतः गोरखापत्र अनलाइन

सारथि बाल पत्रिका

View Comments

  • Thank you for your sharing. I am worried that I lack creative ideas. It is your article that makes me full of hope. Thank you. But, I have a question, can you help me?

Recent Posts

मायाप्रेम

शुक्रराज कुँवर धरान १० प्रसव पीडाले रेखा साह छटपटाइरहेकी थिइन्। प्रसुति कक्षमा नर्सहरू आ-आफ्नो जिम्मेवारीमा…

19 hours ago

एकता

तुलसी पण्डित आमा यता हेर्नू न यी कमिलाहरूको करामत, आमाले दृष्टि पुर्याउनु भयो । त्यहाँ…

19 hours ago

परिणाम

धनसिंह विश्व गेजिंग, पश्चिम सिक्किम त्यही दिनदेखि आर्यनले बुवाको अनुहार हेर्नु त के बोलेकै थिएन।…

2 days ago

-एकत्व

विवेक शर्मा गौतम टोखा-३,काठमाडौं “हजुरबा, त्यो रुख किन रोएको जस्तो देखिन्छ ?” आर्यनले सोध्यो। हजुरबाले…

2 days ago

मोबाइलको छायाँ

इन्दु उपाध्याय हेलेम-मिसामारी,आसाम साँझको समय थियो। रोशन कार्यालयबाट फर्किएपछि सोफामा बसेर मोबाइलमा व्यस्त थियो। सामाजिक…

3 days ago

टोपी

अन्जु शर्मा रातोपुल टोपी हिलाम्मे थियो । हिलाम्मे भएका कारण टोपी कस्को भनेर छुट्टाउन कठिन…

3 days ago