Categories: कविता

“तीजको दर”

दुर्गा पौड्याल

गीता – सीता दिदी ऐले पनि आयो तीज घुमेर
हाम्रो घरघरको आँगनमा नाँचौ झुमेर ।
सीता – राम्रो लुगा छैन मेरो कता जाउँ मागँन
सबै आउलान् लरकेर तीज्मा नाँचन ।
गीता – सानो मन सानो चित्त नगराउन तिमीले
लुगा गहना लाउन दिन्छिन् तिम्री दिदीले ।


सीता– किनगर्ने तीज नआउँदै खाने नाँच्ने चलन
तीज त हाम्रो संस्कृति हो हुन्न बिगार्न ।
गीता – दिदी बैनी दर खान हिँड्छन् सुन्दर भएर
पालै पालो ख्वाउँछन दर होटल गएर ।
सीता – होटलमा खाने ख्वाउने दर होईन भोज हो
एकदिन खाने तीजको दर महिनादिन भो
गीता–घरमा पनि दुख हुन्छ दर पकाई ख्वाउँनलाई
आमा पनि दुख पाउँछिन भांडा माझनलाई
सीता- तीजभन्ने त्यस्तै चाडहो छोरीचेली बोलाउने
एकदिन भानी माइतीमा नाँची रमाउँने ।
गीता– होटलमा दर खाँदा फरक स्वाद पाईन्छ
अनेक थरि साथिसंगी भेट्न पाइन्छ ।
सीता –माइत जस्तो माया प्रेम होटलमा पाइँदैन
फुपु,चेली गाउँले साथी भेट्न पाइँदैन ।
गीता –पैसा भए माया प्रेम जता पनि पाइन्छ
थरि थरी लुगा गहना लाउन पाईन्छ ।
सीता – थाहा हुन्न गहनाले कस्को मन कस्तो छ
मिठो बोली ब्यवहार नै गहना जस्तो छ ।
गीता –तिमी कस्ती बैनी भयौ साथीसँगी नचाईने
साथीसँग रमाइलो गर्नै नपर्ने ।
सीता –संस्कार र संस्कृतिलाई जोगाउनु पर्दछ
देखावटी चलनगर्दा ॠणमा डुबिन्छ ।

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

आमा

गंगा खड्का बूढानीलकण्ठ ,काठमाडौँ “के गर्नु बाबु, एकातिर टाल्न खोज्यो अर्कोतिर चुहिन्छ। जति प्रयास गरे…

3 hours ago

साक्षी

सत्यजीत ललितपुर कक्षाको पछिल्लो बेन्चबाट हात उठ्यो- “मिस, म दोस्रो घण्टी पढ्दिन,” पूर्णिमाको निराशाजनक स्वरले…

3 hours ago

“माकल”

पुण्यप्रसाद घिमिरे दाेलखा पुरेतलाई दक्षिणा, खेतालालाई सामल, भँगेरीलाई कनिका, परेवीलाई चामल। भुर्र उड्दै डालीमा, जुरेलीलाई…

4 hours ago

डर

सुरेशकुमार पाण्डे दाङ घोराही १८ भाइ आज यतै बस भोलि जाउला "- करूनाले आफ्नो भाइलाई…

2 days ago

युवाकोमहत्व

रम्भा पौडेल “अब फेरी आज के पढाउने होलान् यी बुढाले ” पछाडि बसेको मिलनले सानो…

2 days ago

नयाँ दिनको खुशी

गजल आचार्य श्री बुढानिलकण्ठ आवासीय मावि गोलबजार, सिरहा २०८२ मङ्सिर १८ गते हिजो आमाले मायालु…

2 days ago