
ललिता ‘दोषी’
बुद्धनगर, काठमाडौँ
सानी –सानी पाठी
धेरै नै छ बाठी
यता–उता जान्छे
आँगन, डिल काटी
सानी –सानी पाठी..
घाँस पनि खान्छे
खोले पनि खान्छे
बुर्लुक–बुर्लुक उफ्रिन
साह्रै खुसी मान्छे
सानी –सानी पाठी. .
आमा भन्नु हुन्छ ‘काली !’
म भन्छु मने म्याँ
आमा जता लाग्छे उसको
गइहाल्छे त्यहाँ
सानी –सानी पाठी..।





