
डा हरिमोहन पोखरेल
कोहिमा नागाल्यान्ड भारत
सानो नानीले आफ्नी आमालाई अचानक भन्यो –आमा -!! तपाईँ किन सामान बटुल्न लाग्नु भएको होला –??? मलाई अचम्म लाग्छ । आमा निरन्तर सामान भेला गर्नु हुन्छ । जसको घरमा काम छैन । एकछिन पछि उसले फेरि भन्छ –आमा –!! आज त कीर्तन भजन गर्न जाऊ किनभने सामान बटुलेर ईश्वरको प्राप्ति संभव छैन । त्यसै त आज विश्व भौतिकवाद भै सकेको छ । मानव चोला भक्ति बिना पार लाग्दैन । नानीको कुरा सुनेर आमाका आँखा रसाए।




