
प्रशन्न तिवारी
अष्ट्रेलिया
सगरमाथाको शिरले चिरेको गगन
प्रकृतिको काखमा वीरहरुको खदान
सौन्दर्यताले भरिएको हाम्रो देश नेपाल
गण्डकी कोशी जस्ता नदी छन् विशाल।
पहाडमा गर्जिन्छन् खोला र नाला
तराईमा झुल्छन सुनौला बाला
टल्किन्छन् हिमाल मोती सरी सेता
यी दृष्यले मेटाउछन् सब व्यथा।
बुद्ध र सीताको स्वर्गिेय भुमी
ज्ञान र शान्तीको शिखर चुमी
अरनिको र भृकुटी जन्मिए यहीँ
अमूल्य यो उपहार सत्य स्वर्ग भूमी।
विविधतामा एकता देशको शान
वीरहरुले जोगाएको यो भूमी हो मान
हरपल नाचिरहन्छन् पीपलरुपी पात
स्वर्गकै स्वरुप भूमी नेपाल माता।
वसन्तमा फूलको बास्नाले घेर्छ
सयौँ फूलहरुले देशको रङ्ग फेर्छ
आज सात समुन्द्रपारि फैलिए पनि
चिनिनेछौँ हामी सधैँ नेपाली भनी।





