
कैलाश कार्की
मेरो बगैँचामा
अचेल फूल फुल्दैन
मौरी देखिन्न
परागको सेचन हुँदैन
त्यसैले फल लाग्दैन।
कहिले खुम्ले कीराले
जरा खाई दिन्छ
कहिले सलहले सोत्तर पार्छ
हैरान पारेका छन् किराहरुले
त्यसैले अचेल म फूल रोप्तिनँ
गोडमेल गर्दिनँ
बरु बजारबाट वासना नआउने
चिनियाँ फूल ल्याउँछु
आगन्तुकलाई झुक्याउँछु
मनमनै रमाउँछु।





