“म पागल होइन, म मात्र थोरैफरक छु”

रोजिना घिमिरे
(मञ्चको एक कुनामा मधुरो प्रकाश छ। एउटा यवुक टोलाएर शुन्यतामा हेरिरहेको छ। हातहरू काँपिरहेका छन।
वरपर मानिसहरूले कानेखुसी गरेको र हाँसेको मधुरो आवाज सुनिन्छ। पात्र बिस्तारै दर्शक तिर फर्कन्छ। स्वरमा
पीडा, आक्रोश र गहिरो अनुनय छ।)
“फेरि त्यही शब्द, ‘पागल’।
अघि बाटोमा हिँड्दैगर्दा छिमेकी काकीले आफ्नो छोरालाई तानेर परलैजानु भयो। साउती गर्दै भन्दै हुनहुुन्थ्यो—
‘यसको नजिक नजा है, यो त बौलाहा हो।’ मलाई सुनिँदैन भन्ने लाग्छ होला उहाँहरूलाई? सुनिन्छ। सबै सुनिन्छ।
कानले मात्र होइन, यो मुटुले पनि सुन्छ। हरेक चोटि कसैले मलाई ‘पागल’ भन्दा मेरो आत्मामा एउटा गहिरो घाउ
लाग्छ। के मन बिरामी हुनु अपराध हो र ? शरीरमा ज्वरो आउँदा तातो पानी र औषधि बोकेर आउने समाज, मनमा
आँधी चल्दा किन ढुङ्गा टिपेर हान्न तम्सिन्छ ?
हो, म त्यही अभागी हुँ जसलाई तिमीहरूले आफ्नो शब्दकोशको सबैभन्दा निकृष्ट र विषाक्त शब्द ‘पागल’ को
पगरी गुथ्याइ दिएका छौँ। आज यो अँध्यारो कोठाको मौनतालाई साक्षी राखेर म आफ्नो आत्माको रगतले लेखिएको
एउटा लामो सुस्केरा उखेल्न चाहन्छु। तिमीहरूका तीखो आँखाका सियोहरूले मेरो अस्मिता छियाछिया पारिरहँदा,
के तिमीहरूले कहिल्यै सोचेका छौ— मेरो यो शुन्य आकाशमा कति वटा सपनाका ताराहरू खसेका होलान् ? मलाई
पागल भन्नु अघि तिमीहरूले आफ्नो सभ्यताको ऐना किन हेर्दैनौ, जहाँ एउटा बिरामी मनलाई ढुङ्गा हान्न
पुरुषार्थ मानिन्छ ?
(पात्र अलिकति उत्तेजित हुन्छ, आवाजमा पीडा छ)
मेरो दिमागमा कहिलेकाहीँ विचारहरूको बाढी आउँछ। कहिलेकाहीँ मलाई यति डर लाग्छ कि लाग्छ यो संसार नै
मलाई निल्न खोज्दैछ। मलाई एक्लै बोल्न मन लाग्छ, कहिले रुन मन लाग्छ। मेरो मस्तिष्कका कोशिकाहरूमा
रसायनको अलिकति असन्तलुन हुँदा म ‘अमान्छे’ भएँ, तर तिमीहरूका संवेदनाका महुानहरू सुक्दा पनि तिमीहरू
कसरी ‘सभ्य’ भइरह्यौ ? बाटोमा हिँड्दा तिमीहरूले आफ्ना छोराछोरीलाई मेरो छायाबाट जोगाउन तान्दा मेरो
मटुुमा कति वटा भकूम्प जान्छन, त्यसको हिसाब कुन गणितले राख्छ ?
मलाई लाग्छ, यो संसार एउटा ठुलो प्रदर्शनी हो, जहाँ म जस्ता मनोसामाजिक अपाङ्गता भएका व्यक्ति हरूलाई
केवल उपहासका पात्र बनाएर राखिएको छ। तिमीहरू शरीरको घाउ देख्छौ र मलम बोकेर आउँछौ, तर मेरो त मनमै
घाउ भएको छ, यहाँतिमीहरूका सहानुभुति पनि नुन बनेर आउँछन्। मेरो बाल्यकालका ती उज्याला रङ्गहरू, ती
स्कुलका पुरस्कारहरू, ती साथीभाइका हाँसोहरू— सबैएउटा अनौठो कुहिरोमा बिलाएर गए, र त्यो कुहिरोलाई
तिमीहरूले ‘पागलपन’ को नाम दियौ।
हिजो राती मैले आकाशको चन्द्रमालाई सोधेको थिएँ— ‘के म साँच्चैनै काम नलाग्ने भएको हुँ ?’ चन्द्रमा त मौन
थियो, तर हावाले मेरो कानमा छिमेकीहरूले हिजो बेलुका गरेका कुराहरू ल्याएर राखिदियो। उनीहरू भन्दैथिए—
‘यसले गर्दा यसका बुवाआमालाई कति दुःख भयो, बरु यो त मरेकै निको हुन्थ्यो।’ सुन त, के मर्नु यति सजिलो छ?
के मेरो अस्तित्वको मूल्य तिमीहरूको सविुविधासँग तुलना गरिन्छ ? मलाई लाग्छ, म योधर्तीको सबैभन्दा ठुलो बोझ हुँ, तर यो बोझ मैले आफैँले बोकेको होइन, यो त मलाई तिमीहरूको हेय दृष्टिले थुपारिदिएको हो।
म सानो छँदा मलाई लाग्थ्यो म ठुलो भएर पहाड चढ्नेछु, तर आज म आफ्नै ओछ्यानको सिरानी चढ्न पनि
डराउँछु। मलाई भीड देख्दा मुटुुकाँप्छ, मलाई मान्छेका स्वरहरू सुन्दा बम पड्केको जस्तो लाग्छ। मेरो यो त्रासलाई
तिमीहरू ‘नाटक’ भन्छौ। कति सजिलो छ है, कसैको पीडालाई नाटकको संज्ञा दिन! तिमीहरूलाई लाग्छ मलाई केही
थाहा छैन, तर मलाई थाहा छ— जब म चिया पसलको अगाडि बाट हिँड्छु, तिमीहरू आफ्ना मोबाइल लुकाउँछौ,
मानौँ म चोर्न आएको हुँ। जब म मन्दिर जान्छु, पुजारीले मलाई अछूत्लाई जस्तै व्यवहार गर्छन मानौँ मेरो
मानसिक अवस्थाले ईश्वरको पवित्रतालाई धमिलो पारिदिन्छ। के ईश्वर केवल ‘स्वस्थ’ मस्तिष्क भएकाहरूको
मात्र हो? के म जस्ता ‘विचलित’ आत्माहरूको निम्ति यो सृष्टिमा कतै कुनैकुना छैन ?
(कोठाको एउटा कुनातिर देखाउँदै)
मेरो कोठाको भित्तामा झुण्डिएको त्यो पुरानो ऐना, जसलाई मैले हिजो ढुङ्गालहानेर फुटालीदिएँ, त्यसलपनि
मलाई गिज्याइरहेको थियो। त्यसमा देखि नेमेरो अनहुार मेरो आफ्नै थिएन, त्यो त तिमीहरूलेबनाएको एउटा
‘राक्षस’ को प्रतिबिम्ब थियो। म जति पटक ऐनामा हेर्थेँ, त्यहाँ एउटा मान्छे होइन, एउटा ‘केस स्टडी’ देख्थैँ।
डाक्टरहरूका लागि म एउटा फाइल नम्बर हुँ, औषधि पसलका लागि म एउटा ग्राहक हुँ, र समाजका लागि म एउटा
मनोरञ्जनको साधन। मेरो भावनाको कदर कतै छैन।
त्यो सेतो गन्ध आउने अस्पतालको कोठा सम्झिँदा आज पनि मेरो शरीर काँप्छ, जहाँ मलाई मान्छे होइन, एउटा
बिग्रिएको मेसिन जस्तै गरी ‘इलेक्ट्रोकन्भल्सिभ थेरापी’ दिइन्थ्यो, मेरो मस्तिष्कमा करेन्ट दौडाउँदा मेरा यादहरू
मात्र होइन, मेरो आत्मसम्मान पनि भष्म हुन्थ्यो। नर्सहररूका ती कठोर हातहरू जसले मलाई जबरजस्ती औषधि
निल्न लगाउँथे, ती हातहरूमा कहिल्यै ममताको स्पर्श थिएन। म भन्न चाहन्थेँ कि मलाई औषधि भन्दा बढी
कसैको कुराकानीको आवश्यकता छ, मलाई जञ्जिरले बाँध्नुभन्दा बढी कसैको अङ्गालोको खाँचो छ, तर मेरो
आवाज त्यही चिसो भित्ताहरूमा ठोक्किएर मतिरै फर्किन्थ्यो।
मैले खाएका ती तीता चक्कीहरूले मलाई निद्रा त दिन्छन,तर मेरो अस्तित्वको प्यास मेटाउँदैन। म औषधिले
लठ्ठिएर भइुँमा पल्टिरहनुको  अर्थ योहोइन कि मलाई अपमानको महशुस हुँदैन। बरु, म त झन् बढी संवेदनशील
भएको छु। मेरो परिवारको शिरनिहुरिनुमा मेरो रोग भन्दा बढी तिमीहरूको सामाजिक बहि ष्कार जिम्मेवार छ।
बहिनीको बिहे रोकिनुमा मेरो बिमारी भन्दा बढी तिमीहरूको संकुचित सोचको हात छ। के बादल लागेपछि
आकाशको अस्तित्व सकिन्छ र ?
मलाई याद छ, एकपटक दशैँको  बेला सबै आफन्तहरू भेला भएका थिए। मलाई एउटा कोठामा थुनेर बाहिरबाट
ताल्चा लगाइएको थियो ताकि पाहुनाहरूले मेरो ‘पागलपन’ देखेर मेरो परिवारको इज्जत नउडाउन्। भित्र म एक्लै
रोइरहेको थिएँ, बाहिर भोज खाएको खुसियालीको आवाज सनिन्छ। के म त्यो परिवारको सदस्य थिइनँ? मलाई याद छ, त्यो वर्षाको दिन जब म सडकको बीचमा उभिएर आकाशतिर हेर्दै हाँसिरहेको थिएँ। पानीका थोपाहरू मेरो गालामा बज्रिदाँ मलाई लाग्यो प्रकृतिले मलाई अङ्गालो मारिरहेको छ। तर मान्छेहरूले भिडियो खिचेर फेसबकुमा हाले— ‘हेर्नुहर्नुोस् सडकमा एउटा पागलको रमाइलो।’ के मेरो निजत्वको कुनै मूल्य छैन ?
म पागल होइन, म त केवल एउटा थकित आत्मा हुँ, जो आफ्नै दिमाग भित्रको आँधीसँग एक्लै लडिरहेको छु। म
रङ्गहरूको गन्ध सुन्छु, म हावाको आवाज देख्छु, म मौनताको संगित सुन्छु। के यो पागलपन हो ? कि यो त केवल
चेतनाको अर्को पाटो हो ? तिमीहरू मलाई ‘बिरामी’ भन्छौ, तर मलाई लाग्छ, बिरामी त तिमीहरूको यो समाज हो,
जहाँ प्रेम भन्दा बढी घृणाको खेती गरिन्छ।
मलाई तिमीहरूको दया चाहिँदैन। मलाई त बस अलिकति ‘स्विकारोक्ति ‘ चाहिएको हो। मलाई ‘पागल’ भनेर
उपहास नगर। यो त एउटा अवस्था मात्र हो। मलाई बाँध्न नखोज, मलाई बुझ्ने प्रयास गर। मलाई अँध्यारो कोठामा
थुन्नुभन्दा उज्यालो संसरमा हात समातरे डोर्याउ। मेरो नाम अविनाश हो, तर तिमीहरूले मलाई ‘पागल’ बनाएर
मेरो पहिचान नै नामेट गरिदियौ।
अब त मलाई यो अन्धकारसँग माया लाग्न थालेको छ। यो अन्धकारलेमलाई ‘जज’ गर्दैन। याद राख, यो
ब्रह्माण्डमा केही पनि स्थायी छैन, भोलि तिम्रो आफ्नै संसारमा पनि यस्तै बादल मडारिन सक्छ। त्यति बेला मात्र
तिमीले बुझ्नेछौ कि एउटा शब्द ‘पागल’ ले कसरी एउटा जिउँदो मान्छेको लास बनाउँछ। म मरेर जानेछैन, म त
केवल एउटा यस्तो सत्य बनेर बाँचिरहनेछु, जसले तिमीहरूको सभ्य समाजको अनहुारमा सधैँएउटा प्रश्न चिह्न
खडा गरि रहनेछ।
म पागल होइन, म त केवल तिमीहरूको संवेदनहीनताको ऐना हुँ। म अविनाश हुँ, म एउटा जिउँदो इतिहास हुँ र म तिमीहरूको संवेदनहीनता विरुद्धको एउटा अनन्त विद्रोह हुँ !”
(पात्र बिस्तारै भइुँमा बस्छ र घुँडामा शिर राखेर रुन थाल्छ। प्रकाश बिस्तारै निभ्दैजान्छ।)