“रमाइलो भाइटीका”


रञ्जुश्री पराजुली

पञ्चकको पाँचै दिन रमाईलो हुन्छ
काग कुकुर गौमाता सबको पुजा हुन्छ
दिदीबैनी दाजुभाइ खुशी हुन्छन् त्यो बेला
रमाउँदै कुरा गर्द छन् भाइटीका कुन बेला।

तेरो मेरो भन्ने सबै त्यागी खेल्दछन् रमाई
साटासाट गर्छन् आफ्ना शौगात समाई
दिदीबनी बटुलेर फुल ल्याई थुपार्छन्
सयपत्री मखमली माला राम्रो गांँस्दछन्।

ठुलोदाइ ठुलीदिदी दीयो राख्दछन् आँगन
लक्ष्मीपुजा गर्ने दिन भैलिनी आंँउदछिन् माँगन
साँझपख आउँछन् मादल ठोक्दै गाँउदै
भैली गित नाना थरी गाउँदै नांच्छन् आँगन।

खुशी हुँदै भान्छा भित्र आमा सेल हाल्दछिन्
पहिलो सेल लक्ष्मीलाई प्रसाद भनी राख्दछिन्
मीठोचोखो घरमा पाके चडावा छुट्याउँनु पर्दछ
हात जोरी ध्यान गरी आशिष थाप्नु पर्दछ।

भाइटीका आमा मामा दाइ दिदी बीचमा
सानोभाइ टीका थाप्न बस्दछ दाजु काखमा
सानीबैनी रमाउँदै लाइदिन छिन् टीका निदार
सेलपुरी अनरसा फलफुल मसला किस्तीमा।