जानकी कर्माचार्य
ललितपुर,हरिसिद्धि
“हजुरबुबा ! हजुर किन सधैँ यो अनलाइनमा कति बस्नु हुन्छ?”
अनलाइन कार्यक्रम सुनिरहेका हजुरबुबालाई सानो नातिले उत्सुकता बस प्रश्न गर्यो।
“यो मेरो रमाइलो कार्यक्रम हो।”
“कस्तो रमाइलो कार्यक्रम हो त्यो ?”
“तिमीहरू गेम खेलेर रमाए जस्तै हो।”
“हा! हा गेम खेले जस्तो।”
नातिले हाँसो गर्यो । उसले नातिलाई सम्झाउँदै भन्यो ” यो साहित्यिक कार्यक्रम हो । यसमा रमाइला मिठा मिठा लघुकथाहरू वाचन र समीक्षा गरिन्छ।”
“त्यो भनेको के नि?”
“त्यो भनेको सर्ट स्टोरी रिडिङ र रिभ्यू । नेपाली पढ्ने बोल्ने भए पो थाहा पाउँछौ!”
“खुबै,कथा पनि लघु हुन्छ र ? कस्तो लघुकथा हो त्यो?”
उसले नातिलाई फेरि बुझाउन थाल्यो “हुन्छ नि!लघुकथा भनेको साहित्यको त्यस्तो विधा हो,जुन हाम्रो घरको आँखीझ्याल जस्तो जहाँबाट तिमी बाहिर हेरेर रमाउँछौ । झ्यालको सानो प्वालबाट बाहिर सब देखिन्छ। अझ तिमीले मिठो मानेर खाने प्लेटमा राखेको अचारको पिंदको जस्तो । अचारमा नून खुर्सानी अन्य आवश्यक मरमसला मिलाएर बनाएको हुन्छ । खानेले जिब्रो पड्काउँदै खान्छन् । लघुकथाको स्वाद पनि जिब्रो रूपी पाठकको मन मस्तिकमा सदा रहिरहन्छ।”
नातिले त के बुझ्यो कुन्नी पल्लो कोठामा बसेर सुनिरहेको छोराले भने बुझे जस्तो छ।
त्यतिखेर अनलाइन कार्यक्रममा पनि लघुकथाको परिभाषा समीक्षकले गर्दै थिए …।
विपद्का कारण अभिभावक गुमाएका, परिवारबाट बिछोडिएका तथा असुरक्षित अवस्थामा पुगेका बालबालिकाको संरक्षणलाई राज्यको संस्थागत जिम्मेवारीका…
कृष्णशरण उपाध्याय पौडेल हामी जन्मनु पूर्व छल्छल थिए, सारा नदी का जल हाम्रो मृत्यु पछाडि…
कोषवल्लभ रेग्मी ठेकी कुँडे मुसल कोल ढिकी मदानी हर्पे भुने र करुवा गरियो सिरानी। जाँतो…