
शिव पुन
ए. साइला …
जाडाे बढ्यो चिसो बढ्याे..
जाडाे कसरी भगाउने हाे ?
उपाय बता न …?
हाे र दाइ …।
हाे के भन्या …।
तर मैले बताएकाे उपाय…
गर्नु हुन्छ कि नाइ…?
गर्छु के भन्या …।
पहिला उपाय बता न ..।
त्यसाे भए जाडाे भगाउने उत्तम उपाय भनेकाे एउटा लौराे ल्याउने अनि जाडाे भगाउने।
नचाहिने कुरा त्यस्ताे पनि हुन्छ र ?
दाइले रिसाए जसरी, फेरि आचर्य मान्दै साेध्नु भयाे कसरी?
मैले भने एउटा सानाे कथा सुन्नुहाेस्।
मैले पनि एउटा किताबमा पढेकाे थिएँ।
एक लेखक १५ तला माथि बसेर साहित्य लेख्दा रहेछन। उनीसँग एउटा लौरो रहेछ। जब उनलाई
जाडो हुन्छ तब १५ तला माथिकाे झ्यालबाट लौराे भुइँमा फाल्दा रहेछन। दौडिदै पुगेर त्याे लौराे
फेरि १५ तलामाथि ल्याइ पुर्याउँदा रहेछन।
त्यसपछि जाडाे भाग्दाे रहेछ। फेरि जाडो लगेमा फेरि पनि त्यसै गर्दा रहेछन।
अब ता बझ्नुभयाे हाेला नि …।




