
प्रतिज्ञा
मेहेलकुना सुर्खेत
“ऐया आमा !”
भन्दै ऊ रुन थाल्यो दिउँसोको खाजा बनाँदै गरेकी उनलेे यो सुनेपछि भित्रबाट आएर भनिन् ।
“के भयो बाबु यसले पिटेको हो ?”
खेल्दै गरेको उसको साथी सुन्दरलाई उनलेे पिटिन्।
“मैले पिटेको होइन।”
सुन्दरले आँखा भरि आँसु बनाउँदै भन्यो।
“अझै झुट बोल्छस्, ” सम्झनाले गाली गर्दै भनिन्।
“सुन्दरले केही गरेको छैन आमा म खेल्दा लडेको हो ।” उसले यथार्थ बतायो।
उनको यस्तो व्यवहार देखेपछि श्रीमानले रिसाउँदै भने, “नबुझी बच्चालाई यत्तिकै पिट्नु हुन्छ ?”
“एक झापड खाँदैमा ऊ मर्दैन।” सम्झना झर्किइन।
छोराले आमातिर हेर्यो र एकछिन पछि गम्भीर हुँदै भन्यो ।
“आमा कसैले मलाई पनि यस्तै व्यवहार गरे भने ?”





