शुभकामना!!


मणिराज भट्टराई
गठ्ठाघर ,भक्तपुर
हाल – न्यूजील्याण्ड

मौलाओस् देश भक्ति
बास रहोस् जता जता
फैलाओस् एक आपसमा
अगाध प्रेम एकता।

छाइरहोस् सुख शान्ति
समृद्धि आरोग्यता
बढी रहोस् दक्षता
क्षमता अनि योग्यता।

देश हित योजनामा
कायम रहोस् एकता
सबै हामी नेपाली
नराखि भेद यता उता।

पुरा होउन् सकल जनका
स्वच्छ मनका चाहना
नव वर्ष बयासीको
हार्दिक मंगलमय शुभकामना!!