
श्री नेपाल राष्ट्रिय प्राथमिक बिधालय,
चन्द्रपुर१०,गौर रौतहट
तराई क्षेत्रमा परेको शीतलहरको तीव्र प्रभावले जनजीवनसँगै शैक्षिक गतिविधि पनि गम्भीर रूपमा प्रभावित भएको छ। त्यसमा पनि धेरै विद्यार्थीहरूसँग बाक्ला र न्यानो कपडाको अभाव हुनुले चिसो झन् कष्टकर बनेको छ। विद्यालयको भौतिक संरचना पनि चुनौतीपूर्ण अवस्थामा रहेको छ । कक्षाकोठाका झ्यालहरूमा पल्ला नहुनुका कारण चिसो हावा सजिलै प्रवेश गर्दा पठन–पाठन निकै कठिन भएको छ। गत वर्षझैँ यस वर्ष पनि शिक्षकहरूका प्रयास सराहनीय रहेका छन् । झ्यालमा बोरा ठोकेर चिसो हावा रोक्ने अस्थायी उपाय अपनाउँदै भए पनि पठन–पाठनलाई निरन्तरता दिने प्रयास भइरहेको छ। यस्तो सीमित साधन र प्रतिकूल मौसमका बाबजुद शिक्षक तथा विद्यालय परिवारको प्रतिबद्धताले कक्षा सञ्चालन सम्भव बन्दै गएको छ।I आज दिउँसो करिब तीन बजेतिर घाम देखिनु केही राहतको विषय बनेको छ। यसले शिक्षक र विद्यार्थी दुवैमा नयाँ आशा जगाएको छ। अब मौसम क्रमशः सहज बन्दै जाने र पठन–पाठन अझ सरल तथा प्रभावकारी हुने अपेक्षा गरिएको छ। प्रतिकूल परिस्थितिमा पनि निरन्तर प्रयासमार्फत शिक्षालाई अघि बढाइराख्नु नै हाम्रो साझा उपलब्धि हो।




