उमानाथ दाहाल
छौ कोपिला सरह बाल रमाइ फुल्नु
सत्पात्र बन्न जगको कहिल्यै नभुल्नु।
लाग्दै सधैँ असल मार्ग बढेस् अगाडि
बेला छ दुर्लभ त्यसै भुलिँदै नडुल्नु।
मित्रादि चिन्न नसके पछि मर्म पर्छ
विश्वासघात नहुने नबुझी नखुल्नु।
पढ्ने र लेखन कला खुब अग्र जाओस्
बेकार तर्क संगमा रहँदै नझुल्नु।
चरित्र दौलत ठुलो यस विश्व माझ
मिल्लान् नशा, मद कतै तिनमा नघुल्नु।