
प्रमाेद नेपाल
काठमाडौँ- ५
“त्याे के काे बाेट हाे बाबा ?”
कागतीकाे बाेट हाे नानू !” नातिनीकाे जिज्ञासा शान्त पार्न हर्ष बहादुर जवाफ दिँदै थिए।
“कागती किन राेपेकाे बाबा, केरा किन न राेपेकाे ?”
नातिनीकाे प्रश्नले हर्ष बहादुर असमञ्जसमा परि एकछिन गुने र भने, “कागती स्वास्थ्यका लागि लाभदायक छ, त्यसैले।
“किन र, केराले स्वास्थ्य बिगार्छ र बाबा ?” प्रज्ञाले थप जिज्ञासा राखिन किनभने उनलाई केरा अति मीठो लाग्दाे रहेछ र उनकाे प्रिय फलमध्ये पर्दाे रहेछ। केरा उनी यत्तिकै वा दूध भातसँग पनि खाने गर्दाी रहेछिन्।
“बिगार्दैन नि सानू, केरा पनि स्वास्थ्यका लागि उत्तिकै लाभप्रद छ ।” नातिनीकाे टाउकाे मुसार्दै हर्षले भने।
“अनि केरा किन न राेपेकाे त ?”
त्याे अबाेध बालिकाको मुखारविन्दबाट गहकिला प्रश्नहरू एकपछि अर्काेगरि आउँदै थिए । त्यतिकैमा हर्ष बहादुरले उसका अनवरत प्रष्फुटित भइरहेका प्रश्नहरूबाट माेड्न नातिनी प्रज्ञालाई भने “जाउँ, अब एकछिन चरैवेति गराैँ।”
चरैवेति चरैवेति उसकाे मनपर्ने गीत हाे । हस् बाबा भन्दै छतमा चरैवेति चरैवेति गाउँदै दुबै छतमा डुल्न थाले।





