
कोषबल्लव रेग्मी
देउमाई न पा ७ इलाम
यो जिन्दगी कस्तो -कस्तो ??
भएर पनि नभए जस्तो
खाएर पनि नखाए जस्तो।
पाएर पनि नपाए जस्तो॥
यो जिन्दगी कस्तो -कस्तो ??
चर्किएको शिशा जस्तो
ईराक जाने भिसा जस्तो।
कुबेलाको दिसा जस्तो॥
यो जिन्दगी कस्तो-कस्तो ??
कोकलेको गाँड जस्तो
बिग्रिएको जाँड जस्तो।
मत्त उन्माद साँड जस्तो॥
यो जिन्दगी कस्तो-कस्तो ??
खाल माथिको तास जस्तो
घुमन्ते फकिरको बास जस्तो।
अन्त्यदान पछिको सास जस्तो
चितामा सुतेको लास जस्तो ॥





