
रञ्जुश्री पराजुली
मन्टु उसको घरमा माया गरेर बोलाउने नाम हो । स्कुलमा उसको नाम आर्जुन छ । उ सात कक्षामा पढ्छ । उसलाई पढ्न रमाइलो लाग्छ । अमेरिका देश बारे धेरै कुरा जान्न उसलाई जिज्ञासा लाग्छ । त्यो देश संसार कै सबै भन्दा विकसित देश हो भन्ने उसले पढेर थहा पाएको छ । स्कुलको पाठ सके पछि उ बाहिरी किताव पढ्न रुचाउँछ । पढेर ज्ञान बढ्छ भन्ने उसले बुझेको छ । साथीहरु ” कति पढ्नु पढ्नु ,घुम्न पनि पर्छ । हिँड आज मल तिर डुलौँ ” भन्छन् । उसलाई नजाउँ साथीहरु रिसाउलान् ,जाउँ पढ्न मन लागेको छ । के गर्नु जस्तो हुन्छ । “ल हिँड तर दुई घन्टा मात्र ” भनेर जान्छ । उसले अन लाइन एउटा च्याट फ्रेन्ड पाएको छ । च्याट फ्रेन्ड नेपाली नै हो तर उ आफ्नो बाबा आमा सङ्ग अमेरिकामा बस्छ । उसको नाम भोला हो । भोलालाई नेपाल बारे जान्न मन लाग्दो रहेछ । उसले नेपालका विभिन्न एतिहासिक ठाउँहरु सामाजिक संजालमा खोजेर क्लासमा ” मन परेको बिषयमा भन्ने ” कक्षामा बताउँने गरेको रहेछ । नेपाल सानो तर प्राकृतिक सुन्दरताले भरिएको देश भनेर उसले कक्षामा संसारकै अग्लो हिमालय पर्वत सगरमाथा ,शान्तिका प्रतिक गौतम बुद्ध जन्मिएको लुम्बिनी , चन्द्र र सुर्य अंकित नेपालको गौरवमय राष्ट्रीय झन्डा आदिको जानकारी कक्षामा दिँदो रहेछ । साथीहरु मात्र होइन गुरु आमा जसको नाम मेरी थियो। उनी पनि चाख मानेर सुन्दिरहिछिन् । अर्जुन सङ्ग च्याट गरेर अरु पनि नेपाललाई विश्वमा चिनाउँने यस्ता महत्वका कुराहरुबारे धेरै सोधी खोजी गर्दथियो भोला । अर्जुन चाहिँ अमेरिकामा सात कक्षामा पढ्ने छात्रहरुले पुस्तकहरु कस्ता हुन्छन्। “हप्तामा कतिवटा पुस्तकहरु पढ्नु ज्ञान वर्धक हुन्छ” भनेर सोधथ्यो। जति धेरै पुस्तक पढ्यो उति आफुलाई ज्ञान बढ्छ । एक पटकमा लाइब्रेरीबाट पचासवटा सम्म पुस्तक ल्याउंन पाइन्छ । पुस्तक पढ्न तिर लत बसेपछि मिडियामा लट्टु हुन पनि कम हुन्छ । म हप्ताको तीस वटा जति पुस्तक पढ्छु। नेपालमा नि?” भनेर उ आर्जुनलाई सोध्थ्यो। यहाँ धेरै बालपुस्तकालयहरु छैनन् । हाम्रो उमेरलाई सुहाउँदो आधुनिक बैज्ञानिक पुस्तकहरु त छदै छैनन्। म गुगल, युटिउवमा खोजेर पढ्छु । रमाइलो लाग्छ । अब हामी साथी भैहाल्यौँ । म नेपालका कुराहरु ,राम्रा पढ्न मिल्ने पुस्तक बारे तिमीलाई बताउँछु । तर अमेरिकामा बस्ने तिमी नेपाली पढ्न सक्छौ र ? “सक्छु नि । हाम्रो घर भित्र नेपाली नै बोल्नु पर्छ । मलाई बुबा आमाले नेपाली लेख्न पनि सिकाउनु भएकोछ । म नेपाली लेख्छु पनि। हाम्रो स्कुलमा कुनै दिन आफ्नो आफ्नो संस्कृति झल्कने मौलिक पोसाक ,खानेकुरा ,पैसा ,राष्ट्रिय झन्डा आदिको प्रदर्शन पनि हुन्छ । त्यो बेला म नेपाली मौलिक त्यस्ता सामग्री सबै लागेर प्रदर्शनीमा राख्न दिन्छु । सगरमाथा र नेपाली झण्डा चाख मानेर हेर्छन् । म आफू जन्मजात अमेरिकन भए पनि मलाई नेपाल्को माया लाग्छ किन कि मेरो शरीर नेपाली रगतद्वारा संन्चित छ। यसरी अर्जुन र भोलाको मित्रताले अमेरिका र नेपालको सम्बन्धलाई दरिलो बनाएको छ।





