
निमा छिरिङ भोटिया
जलढाका कालेबुङ भारत
“लु अब हाम्रो छोरो पनि ठूलो भएछ” भन्दै आमाले भनिन्।
आमाको यो कुरो सुनेर छोरोले उल्टै आमालाई प्रश्न गर्यो “कसरी म ठूलो भएँ__? अहिले म आठ बर्ष मात्र पुग्दैछु ।”
“तिमी ठूलो नभएको भए किन बाबुको ठूलो जुत्ता लगाएको त” भन्दै आमाले पनि उल्टै उमाथि प्रश्न थपिन्।
आमाको यस्तो प्रश्न सुनेपछि उ जुत्ता लगाएर आमाको नजिकै आएर भन्यो “कक्षामा हामी सबै पढिरहेको बेला बाबुको यो जुत्ताको आवाज सुन्ना साथ सबै जना डराएर मज्जाले पढ्न थाल्छौँ। मलाई पनि यो जुत्ता लगाएर त्यसरी नै सबै जनालाई डराउन मन लागेको छ । यसैले अहिलेबाट लगाएर कोशिस गरेको नि ।”
छोरोको यस्तो अचम्मको कुरा सुनेर आमा मन मनै आफूसँग भन्छिन् “कस्तो कस्तो कुराहरू बोल्न र सोच्न सकेको।अहिलेका नानीहरूले भन्दै छोरोले बाबुको जुत्ता लगाएर यता उता हिँडिरहेको त्यो दृश्य हेरिरहन्छिन्।





