“मेरो बाबा”


शान्ति भण्डारी दाहाल
दैलेख हाल बुद्धनगर काठमाण्डौँ

मलाई धेरै मायाँ गर्ने
मेरो बाबा हुनुहुन्छ
स्कूलमा लिन नआउँदा
मेरो मन रुन्छ!

छुट्टिको दिन बाबा र म
बजार घुम्न जान्छौ
राम्रो मिठो खानेकुरा
सँगै बसि खान्छौ !

बाबा विना कहिल्यै
चल्दैन हाम्रो घर
सधैँ हजुर कै नाम
लिन्छन् वर -पर!

सबैभन्दा प्यारो मलाई
बाबा नै लाग्छ
बाबाको बोलि सुन्दा
मेरो निन्द्रा जाग्छ

आमा घरको काम गर्ने
बाबा अफिस जाने
बाबाको मिठो स्वर सुन्दा
मैले भनेको माने

म अल्छी छु बाबा भन्नुहुन्छ
उठ्न मेरो सानि
आमा बाबा पहिलो गुरु हुन्
बल्ल मैले जानि

म पनि त पढिलेखि
बाबा जस्तै हुने हो
बाबालाई पछ्याउँदै
शिखरमा छुने हो

हामीले गर्नु हुन्न
दायाँ बायाँ हेर
साथी भाई सँगै लिएर
अघि बढौ आफुभन्दा सानालाई!!