
रमेशचन्द्र घिमिरे
पानी पर्न छोडेर
अब घमायो
दसैँ आइसकेछ
कान्छो रमायो
बाको हातमा कापी र
किताब थमायो
गृहकार्य सकेर
कान्छो रमायो
टि.भी. हेर्छु भनेर
आसन जमायो
पढ्न लेख्न परेन
कान्छो रमायो
लिङ्गे पिङ खेल्नलाई
लट्ठो समायो
मच्चिएर पिङमा
कान्छो रमायो।





