
लक्ष्मण ज्ञवाली
तिलोत्तमा १ नीलगिरि पथ
शंकरनगर रूपन्देही
उषा जग्मगायो जब भानु आए।
काला अँध्यारा दिन डग्मगाए॥
आँखा उघारि जन पढ्न थाले ।
त्यही ज्ञानले सिंचित ज्योतिबाले।।
घाँसी थिए प्रेरणा पुन्ज तारा ।
काव्यिक यात्रा हो उनकै सहारा ॥
आठ्काण्ड रामायण त्यो पढायौ।
आदि कवि लोक को पदवी पायौ।।
तिम्रा कलमका लयबध्द अस्त्र ।
सुनेर थर्थर् राणा शाही त्रस्त ॥
अठोट तिम्रो सतिसाल जस्तो ।
बिद्रोही भै बन्धन तोड्नु कस्तो !॥
मेची र काली हिमवत् तराई।
सद्भावले सिंचित त्यो गराई।।
हरेक जनका दिलमा पसेर ।
सुवास नौलो त्यो फिजाएर धेर ।।
अहो ! कालरात्री अपमान खेपी।
उँचो भयो मान शुभ कृति लेखी ।।
भयो उज्यालो पथ हेर्न सक्छौ ।
अमरत्व वाणि प्रति गर्व गर्छौ ।।
खवरदारी गरदै औला ठडायौ।
ब्यभिचारी लाई कायल गरायौ ॥
नेपाली भाषा ले संपर्क गाँस्यौ ।
यो देशको शान र मान राख्यौ ॥
आकाश धर्ति जब तक रहन्छ ।
गुणगान तिम्रै शीर उच्च हुन्छ ॥
मुटुभित्र श्रद्धा झुकाएर माथ ।
पुष्पान्जली गर्दछु भक्ति साथ ॥





