सपनीमै हाँस्छिन्

हरि काेर्काली

नुनु आयाे नानीलाई
काेकरीमा जाऔँ,
डाेरी तानी मन्दमन्द
काेकरी हल्लाऔँ।

निदुलीले लग्छे अनि
सपनीमा बाेकी,
जताततै खेलाैना छन्
लाग्छ आफ्नै हाे कि?

झिलिमिली जून तारा
पुतलीका माझ,
खेल्छिन् सबैसँग लाग्छ
रमाइलाे साँझ।

मुसुमुसु हाँस्छिन् नानी
सपनीमै पनि,
हात गाेडा चलाउँछिन्
खेलिरहेछु भनी।

अनि उठ्छिन् आमा आई
दिनुहुन्छ चुम्मा,
बाेकी आफ्नै अँगालाेमा
लिनुहुन्छ जिम्मा।