”बालक”


तुलसी पण्डित

यताआउँ बाबु राजा साह्रै ज्ञानी छ
ताते ताते गर्छु म हिड्ने बानी छ
हाँसी देउन मुसुक्क आमा भनेर
दिल खुश हुन्छ मेरो तिमीलाई हेरेर।

तिमी माथि माया छ संसार हाक्छु म
तिम्रो बोली मिठो लाग्छ कष्ट भुल्छु म
अझ आमा भन्दा खेरि हर्षित हुन्छु म
बाबा दिदी भन्दा खेरि धन्य हुन्छु म।

ताते गर्दा लड्छौ तिमी झस्कि रहन्छु
लामो यात्रा जब गर्छौ मस्कि रहन्छु
दिदी आउथे खेलाउथे दङ्ग पर्दथे
बुइमा बोकी हिड्दथे मुस्कुराउ थे।

मुटु भन्दा प्यारो लाग्ने सानो बालक
सिकाउनु छ नयाँ कुरा हुन्छ चलाख
कुसंगतमा लाग्न दिन्न रेखदेख गर्दछु।
उसको दुख कष्ट पीडा सबै हर्दछु।

सबको माया स्नेहले राम्रो बन्दछ
उच्च शिक्षा दिन सके देश हाक्दछ
साना नानीहरुलाई अझ गर्यौ प्यार
बन्न जान्छन् अमूल्य गहनाको हार।