पुण्यप्रसाद घिमिरे
बैत्यश्वर-६, दाेलखा
झमझम झरी परिरहेका थियाे । आमा घाँस काटेर आईन । उनकाे फरियामा गाँठै गाँठा थिए । कतै प्वाल टालेका कतै खाजा बाँधेका गाँठाहरू । भाेकले आतुर म गाँठा खाेल्ने निर्णय गरें । तर थाहाथिएन कुन गाँठामा खाजा छ कुन प्वाल टालेकाे हाे भनेर । मैले एउटा गाँठाे खाेलिदिएँ । आामनकाे घुँडा ह्वाङ्गै भयाे । उनी धेरै रिसाइन् र गालामा ठ्याम्म एकचड्कन लगाइन् । म पनि नतमस्तक भएर सुँक्क सुँक्क राेएँ । आामा घाँस हाल्न गाेठतिर गइन ।” लाजै पार्याे माेराले टालेकाे गाँठा खाेलेर” । उनकाे मनले भन्दैथियाे “सायद भाेकै लागेर गाँठा खाेलेकाे हाेला ।” आमा धरमा फर्किन् ।
फरियाकाे अर्काे गाठाेे खाेलिन् । मेराे आशा पलायाे । भाेक अझै जाग्याे । मुखभरि पानी आयाे । उनले कचाैरामा ह्वारारा भुटेका मकै खन्याउँदै भनिन् ” लाै खा ।” मैले अघिकाे चड्कन बिर्सें । आमाकाे मुखमा टुलुटुलु हेर्दै कर्याम कर्याम दाँत बजाउन थालेँ । आमा मेरै छेउमा पिंढीमा थचक्क बसिन् र खुइइय गर्दै मेराे टाउकाे सुम्सुम्याउन थालिन् । लिखा खाेजेर प्याट प्याटी ठुङ मार्न थालिन् । मैले यही माैका पारेर भने ” आमा अब म नसाेधी कहिल्यै फरियाका गाँठा फुकाउँदिन ल, नरिसाउन के ।” उनले तुरून्त जवाफ दिइन”रिसाएर के गर्नु ? तँ नै त हाेस् मेराे आँखाकाे रातिगेडी । आमा फिस्स हाँसिन् र म पनि फिस्स हाँसें” । मैले आमाकाे आँसु पुछिदिएँ आमाले मेराे आँसु पुछिदिइन् । आखिर अमृतै थियाे आमाकाे मायाँ । म मकै कुटु कुटु चपाउँदै उनक काखमा लुटुक्क निदाएँ ।