छोराको मनस्थिति!

213

सुरेशकुमार पाण्डे
दाङ घोराही

“आमा! कोदाली दिनुस् त म छेउँ कुना खन्छु। हजूरको हातमा फोका परेकाछन् ! – फुर्सेले आफ्नी आमाको हातबाट कोदाली तान्दै भन्यो।’ “खन खोरस गर्दा आमाको हातमा राता/राता फोरा परेकाथिए।” छोरा मेरा हातभन्दा कमला हात तिम्राछन्। तिमीले अँझै पढ्नुपर्छ। आज तिम्रो हातमा फोका परेभने भोलिको परीक्षा कसरी दिन्छौँ ? भैगो; कामगर्ने दिन त छँदैछ नि। मैले कोदाली खन्न छाडेंभने भोलि यी मेरा हातमा परेका फोकाहरू पाक्छन्। यदि लगातार मैले कोदाली चलाएँ भने हातका फोराहरू ठेलामा परिणित हुनेछन्!

– आमा मतीले मुस्कुराउँदै भनिन।’ चिन्ता नलिनुस् न आमा म ठूलो भएर लाहुर जान्छु र धेरै पैसा कामाएर हजूरलाई सुःख दिन्छु। -फुर्सेले आमाको हातमा परेका फोराहरूलाई बिस्तारै स्पर्स गर्दै भन्यो।’ आफ्नो एघार बर्षिय छोराको हातले सुम्सुम्याउँदा आमालाई मलम लगाएको जस्तो शीतलता प्राप्त भएको थियो। तर उसको बोली “म लाहुर जान्छु र धेरै पैसा कमाएर हजूरलाई सुःखदिन्छु” भन्ने शब्दहरूले मतीको हृदयमा अघात पुर्यायो।”एकछिन उनले लाहुर गएर अहिले सम्म फर्किंदै नफर्किएको आफ्नो श्रीमानलाई सम्झिइन।” उनले भावुक हुँदै छोरालाई अंगालोमा बेरीन् र भनिन् ! ‘छोरा लाहुरमा पैसाको रूख हुँदैन। यही माटोमा पैसा फल्छ। तिमी ठूलोभएर मैले फलाउन नसकेको सुन यही माटोमा फलाउनुपर्छ।- मतीले छोरालाई भनिन्। दाङ घोराही