“तागत”

शान्ता शाक्य
धापाखेल, ललितपुर

“उसको इज्जतलाई पातालमा नपु-याइकन त कहाँ छोड्छु र ?”
” हा ! त्यस्तो भन्नुहुँदैन बाबु।शुद्धचित्त भएको मान्छेको इज्जतमा हाँक नदे । इमानदार छ । परोपकारी भावना राखी जनताको सेवा गर्दै आइरहेको छ। त्यस्तो मान्छेलाई सबैले हाई हाई त गरिहाल्छन् नि।”
“उसको हाई हाईमा मेरो बाई बाई हुन्छ। यसपालि जसरी भए पनि उसलाई गिराउनु छ । मलाई जित्नु छ,बुझ्नुभएन?”
“मनलाई नियन्त्रणमा राख्। धनको तुजुक नदेखा। जनताको मन जित्ने तर्फ लाग्।


हेर बाबै,अर्काको अहित गर्नेको कहिल्यै भलो हुँदैन । समयको सदुपयोग गर्। सत्मार्गमा लाग्। सत्कर्म गर्। सत्फल त पाइहाल्छन् नि । पहिला ऐनामा आफूलाई हेर्। आफैलाई चिन्। नत्र धोका खालास् ।”
“तपाईं चुप लाग्नोस्,धेरै अर्ती नदिनोस्। मैले चाहेको कुरा गर्न दिनोस् ।”
म रिसाएर कोठाबाट बाहिरिन खोजें ।
उहाँले मलाई रोक्नुहुँदै झोंक्किदै भन्नुभयो – “तँ नै पहिला चुप लाग् । “खुकुरीभन्दा कर्द लाग्ने” भनेको यही रछ। ध्यान दिएर सुन् ,मेरो कुरा ।
तैंले ठूल्ठूला ढुङ्गालाई हावाले उडाएको कहिल्यै देखेको छस्?”