ब्यावहारिक ज्ञान

तुलसी पण्डित

काका तपाईको छोरो बाहिर गएको हो ।उसले इन्जिनियर पढेको होइन र?
उसले रुञ्चे मुख लगाउदै भन्यो।
“के गर्ने दाइ उसले यहाँ नोकरी पाएन । अरु काम गर्नका लागि ब्यावहारीक ज्ञान छैन।”
ढलेले सोच्यो । छोरालाई पढाइको साथै व्यावहारिक ज्ञान दिनु पर्ने रहेछ।
उसले छोरालाई भन्यो । “ल हेर बाबु मेरो हात । तिमी यस्तो काम गर्न सक्छौ?”
छोराले बाबाको हात हेर्यो । हात भरी ठेला उठेका थिए। त्यै ठेला पनि फुटेर अर्को ठेला उम्रेको थियो । हात फलाम भन्दा पनि साह्रो।


छोराले सोच्यो । “नाइ बाबा म यो काम गर्न सक्दिन। ”
“हेर बाबु हामीले पढाइको साथै अरु काम पनि जानेको हुनुपर्छ । नत्र भोलि आफूलाई धोका हुनेछ।
यो कुरा सुनेर रुञ्चेले बाबालाई फुर्सद भएको बेला सहयोग गर्दै रह्यो।
उसले बाबाबाट धेरै ज्ञान लियो ।जून ज्ञान अहिले आएर उसलाई निकै उपयोगि भयो । ऊ सँगै पढ्ने साथीहरु सबै विदेशिए । ऊ चाहि बाबा सँग लिएको ज्ञानलाई उपयोग गर्दै आर्गानिक तरकारी उत्पादनमा लाग्यो । उसले माग अनुसार पुर्याउन न सक्दा अरु पाँच बिघा जग्गा भाँडामा लिएको छ।
जान्नेबुझ्नेहरुले भन्न थाले । ” शिक्षामा व्यावहारिक ज्ञान हुनु अनिवार्य रहेछ । हाम्रो शिक्षामा व्यावहारिक ज्ञान न भएकोले अहिले विदेश जानेको सङ्ख्या तिब्र रुपमा बढी रहेछ।