“मेरो सानो साथी”

रमेश प्रभात,
चितवन

घरि जान्छ तल,
घरि जान्छ माथि,
मिलीजुली बस्छ,
कुरा गर्छ जाती,
मेरो सानो साथी ।

आमासँगै जान्छ,
पूजा गर्छु भन्दै,
हावा हुरी चल्दा,
जोगाउँछ बाती,
मेरो सानो साथी ।

दाजुसँगै पढ्छ,
गृहकार्य गर्छ,
थपक्क ऊ सुत्छ,
जब हुन्छ राति,
मेरो सानो साथी ।

दिएको ऊ खान्छ,
खेल्न पनि जान्छ,
स्कुल जाने बेला,
लगाउँछ ताँती,
मेरो सानो साथी ।