विश्वास

लाेकाेत्तिमा आधारित

बाेधराज प्याकुरेल
बाँके

” के भयाे ? बच्चालाई ,किन यसरी राेएकाे ?” धेरै बेरसम्म बच्चा रुन नछाेडेकाे र हल्ला खल्ला सुनेपछि सुकमाया बच्चा भएको काेठामा पसिन् ।
“आगै जस्तो ताताे भएको छ,लाैन अब के गर्ने ?” काखमा बच्चा समातेर असिनपसिन भएर बच्चालाई भुलाउने प्रयास गरिरहेकी भदैनी बुहारीले भनिन् ।
“अहाे! कस्तो ज्वरो ।” बच्चाको निधार छाम्दै सुकमायाले भनिन् । बेजोडकाे ज्वराेले बच्चा राेएकाे सुनेर उनी आत्तिएर गर्दन माड्न थालिन् ।
सुकमाया आजमात्रै भदै घर आएकी सदरमुकाम बाट। घरमा काेही लाेग्ने मान्छे छैन । अस्पताल लैजाउँ भने मध्य राति चार घण्टा ओरालाे झर्नुपर्छ । के गर्ने के नगर्ने । सबैजना आत्तिए ।
“हजुरले त जडिबुटी जान्नु भएको छ हाेला ? लाैन, फुपू केही गर्नु पर्याे ।” भदैनी बुहारीले याचनाकाे स्वरमा भनिन् ।
“पानी ल्याऊ त गाेजीमा एउटा औषधि रहेछ। याे खाएपछि ठीक भै हाल्छ ।” उनले गाेजीमा हात हाले जस्तो गरेर एउटा कालाे र गिलाे वस्तु निकालेर हातमा देखाइन् र बच्चालाई खुवाए जस्तो गरिन् र एकदुई घुड्की पानी खुवाइन्।

केहीबेरपछि बच्चा निदायाे। दुबैले पालैपालो निधार छामे र ज्वराे अलि घटेको भने।
” च्वाट्टै पार्ने औषधी रहेछ फुपू,हजुरसँग त।” बच्चा राम्ररी निदायाे भन्ने भएपछि बुहारीले भनिन्।
” अँ …राम्रो औषधि हाे ।” आत्तिएर गर्दन माड्दा निक्लिएकाे अघि हातमा देखाएको मैलाकाे लुँडाे बुहारीले नदेख्ने गरी फ्याँकेकाे भुईँतिर हेर्दै सुकमायाले लामाे सास फेरिन्।