“शरद”


हरि काेर्काली

जून टहटह
खुसी लहलह
शरदीय माैसम
जताततै सह।
जून टहटह….

जता हेर्याे हरियाली
जताततै बाली
फाेहाे मैला छैन कतै
जतै खुसीयाली
हेरहेर सबै तिर
कस्ताे राम्राे, आम्मै!
फलफूलका बाेटमा पनि
खुसी लटरम्मै।
जून टहटह…

हिलाे मैलाे धुवाँ धुलाे
सबै परपर
चरी बरी सबैलाई
खुसीयालीकै वर
ठूलाठूला चाड पर्व
रमाइलाे अति
शरदकाे महिमा
जून तारा जति।
जून टहटह….