कुन देश जाने ?


तुलसा तुलसा

आर्यन र सीता कक्षा चारमा पढ्ने विद्यार्थी हुन् । उनीहरु विद्यालयमा पढ्थे । घर र विद्यालय नजिक भएकाले उनीहरु सँगसँगै हुन्थे । एक दिन परीक्षा सकेर उनीहरु सँगै घर फर्कदै थिए । असोज महिना भएकाले आकाश निलो र सफा थियो । गाउँका तरेली परेका फाँटहरुमा पहेँला धानका बाला झुलिरहेका थिए । पारि हरियाबनको टाउकोमाथि आकाशलाई छुन खोज्दै सेता हिमाल लस्करै उभिएका देखिन्थे । सीता बाटोको छेउमा टुक्रुक बस्छिन् । आहा ! हाम्रो गाउँ कत्ति रमाइलो देखिएको छ, हेर त ।
आर्यनले भन्यो “ होइन आज तिमीलाई चाँहि के भयो ?” आर्यनको कुरा सुनेर अचम्म मान्दै सिताले भनिन् “ किन तिमीले मलाई यसो भनेको ? मैले भनेको जस्तो दृश्य देखिएको छैन ? हेर त आफै ?”
निधारमा हात राखेर आर्यनले भन्यो । मैले देखिँदैन भनेर भन्न कहाँ खोजेको हो त । सधैँ देखेकै त हो नि, पो भन्न खोजेको त । आफूलाई यहाँ कस्तो हतार भै रहेको छ ।”
सधैँ बाटोमा खेल्दै हिड्ने मान्छेले घर जान हतार मानेको देखेर सीता हाँस्दै भन्छिन।  “श्राद्ध खान जानु छ भनौँ भने सोह्र श्राद्ध पनि सकिसक्यो । के गर्न हतार भयो तिमीलाई ?”
“लौ..! थाहा छैन तिमीलाई, माथिल्ला घरे सुदर्शन काका दुबाईबाट र पल्ला घरे उर्मिला दिदी अमेरिकाबाट दशैँ मान्न आज बिहान घर आउँनु भएको छ । मलाई उहाँहरुसँग भेटेर कुरा गर्नु छ।”
आर्यनले गम्भिर अनुहार लगाएर बोलेको देखेर सीता छक्क पर्दै भनिन् । “के कुरा गर्नु छ । उहाँहरुसँग तिमीलाई ?”
तिमीलाई थाहा छ, आज मेरो कक्षाका साथीहरु म त ठूलो भएपछि अमेरिका जर्मन आदि देश जाने हो । मेरो त फूपू, मामा, काका, दाइ दिदीहरु सबै क्यानडा, बेलायत र फिनलण्ड आदि देशहरुमा गएका छन् । उनीहरु त्यहाँ कस्तो रमाइलो गरेर बसिरहेका छन् , भनी रहेका थिए । मेरा त सबै नेपालमा नै हुनुहुन्छ । मलाई विदेशकाबारेमा राम्रोसँग केही थाहा छैन । म चाहिँ कुन देश जाने ? आफूलाई भने यहाँ कस्तो पीर परेको छ । त्यसैले उहाँहरुसँग ती देशहरुको बारेमा बुझ्नु छ ।
सीतालाई पनि विदेशमा पढ्न जाने इच्छा छ । यो कुरा सीताई पनि निकै राम्रो लाग्छ । “म पनि तिमीसँगै जाने हो जाऊ” भन्दै अगाडि लाग्छे।
“हुन त उहाँहरु आज बिहान मात्र त आउनु भएको छ । आफ्नै परिवारसँग व्यस्त हुनुहुन्छ होला । भोलि बिहान जाउँला हुँदैन” भन्दै आर्यनले सीतालाई सझायो।
भोलिपल्ट बिहान उनीहरु पहिला उर्मिला दिदीको घरमा जान्छन् । त्यतिबेला उहाँ नियाउरो मुख लगाएर घरको पिँढीको फलेचामा बस्नु भएको थियो । तातो पानी पनि खाँदै हनुहुन्थ्यो । ओहो ! उर्मिला दिदी हामी त तपाईँ घर आउँनु भएको छ, भन्ने थाहा पाएर भेट्न आएका हौँ । तपाईँको हालखबर के छ, भन्दै गए । उर्मिला दिदी पनि मेरो भाइ बहिनी आए भनेर खुशी भइन्।
सीता दिदीको मलिनो अनुहार देखेर सोधिन् “ दिदी, तपाईँको अनुहार त पहिलाको जस्तो छैन त ! किन के भयो ?”
“मलाई सञ्चो छैन ।” भनेर दिदीले जवाफ दिइन्।
आर्यन यो कुरा सुनेर अचम्म मान्दै भन्छ । “दिदी ! सञ्चो नभए जचाउन अरु विदेश जान्छन् । तपाईँ त घर पो आउनु भएछ । किन ? यो कुरा सुनेर दिदीले मुसुक्क हाँल्दै भन्नुभयो । “तिमीहरुले सोचेको जस्तो कहाँ सजिलो छ र विदेशमा ! बिरामी भएपछि काम गर्न सकिदैन । उपचार पनि महङ्गो हुन्छ । हेरेविचार गर्ने पनि कोही हुँदैन । त्यसैले उपचार गरेर राम्रो भएपछि जाने भनेर आएको।”
सीता दिदीको यस्तो कुरा सुनेपछि उनीहरुलाई नरमाइलो लाग्यो।
“अप्ठयारोमा त आफ्नै देश पो काम लाग्ने रहेछ । तपाईँ बिरामी हुनुहुँदो रहेछ । आराम गर्नुस् । हामी गयौँ है दिदी ” भनी उनीहरु त्यहाँबाट हिडे ।”
उर्मिला दिदीले मौन सहमति दिएर टाउको हल्लाइन्। बाटोमा हिँड्दै गर्दा आर्यनाले एक पटक सुदर्शनको काकालाई पनि भेटौँ न भनेर सीतालाई भन्यो । सीताले पनि दिदीले नियाउरो मुख लगाएर कुरा गरेको सुनेपछि मलाई त जान मनै छैन । “भो नजाऊ ” भन्दै घर जान खोजी । त्यसपछि आर्यनले “एकपटक मात्र क्या अनि म तिमीलाई भन्दिन । जाऊ हिँडन भनी कर गर्यो ।“
त्यसपछि उनीहरु काकाको घरतिर गए । काका भर्खर उठ्नु भएको रहेछ । उनीहरुलाई काकाले हेर्दै भन्नुभयो । “ओहो ! मेरा भतिजा भतिजी आएछन्” भन्दै खुशी हुनु भयो।
“काका हामी त तपाईँले विदेशबाट ल्याएका कोशेली खान आएका हौँ । हामीलाई के ल्याउनु भएको छ ?” भनेर सीताले भनी। “मैले तिमीहरुका लागि भनेर मिठो चकलेट ल्याएको छु । पर्ख है म लिएर आउछु” भन्दै काका भित्र जानुहुन्छ। आर्यन र सीता भने मक्ख पर्दै काका त खुशी हुनुहुँदो रहेछ । दुबै त राम्रो छ जस्तो छ भनेर कुरा गर्न थाल्छन्।
“तिमीहरु के कुरा गर्दै छौ हँ ! ल लेओ चकलेट” भन्दै काकाले केही चकलेट दिनुहुन्छ, हामी क्या काका “तपाईँ खुशी देखिनु भएकाले दुबई देश त निकै राम्रो रहेछ भनेर कुरा गरेका हौँ ।” भनेर आर्यनले भन्यो।
“ए…! त्यसो पो हो । तिमीले सोचेको जस्तो छैन । त्यहाँ काम गर्न निकै मिहिनेत गर्नु पर्छ । दिनमा थोरै समय मात्र आराम गर्ने समय हुन्छ ।”
आर्यनले यो कुरा सुनेर भन्यो । तपाईँ यस्तो भन्नुहुन्छ, फेसबुकमा त कस्तो रमाइलो गरेको फोटोहरु हालेका थियो। अनि हामी तपाईँको कुरा कसरी पत्याउने ?
“नपत्याए हेर ।” मैले सत्ताईस घण्टासम्म काम गरेर यस्तो भएको हो । नेपालमा बस्ने मानिसले सत्ताईस घण्टासम्म काम गरेको निरन्तर काम गरेको सुनेका छौ ।“ भन्दै हातभरि ठेला उठको दखाउनु भयो।
तपाईँ यस्तो भन्नुहुन्छ, फेसबुकमा त कस्तो रमाइलो गरेको फोटोहरु हालेका हुन्छ । अनि हामी तपाईँको कुरा कसरी पत्याउने ?
“नपत्याए हेर त, मेरो हात। मैले सत्ताईस घण्टासम्म काम गरेर हातमा उठेका ठेला । नेपालमा बस्नहरुको यस्तो हातभरि ठेला देखेका छौ । फेसबुकको जस्तो राम्रो जीवन छैन विदेशमा भन्दै काकाले आफ्नो हातमा उठेका ठेला देखाउनु भयो।
आर्यन र सीताले सुदर्शन काकाको मुखमा जिल्ल परेर हेरी सोधी,“ साँच्चै तपाईँ खुशी हुनुहुन्न त काका।”
यो कुरा सुनेर काका भन्नुहुन्छ । “मेरो मनबाट भन्ने हो भने म खुशी छैन । यदि राम्रो विषय पढेर आफ्नै देशमा फर्केर आउने हो भने राम्रै हुन्छ । काम गर्न जान त साह्रै गाह्रो छ । यति धेरै काम गर्ने हो भने हाम्रो देशमा पनि त राम्रो भै हाल्छ नि ।” भनेर काकाले उनीहरुलाई सम्झाउनु भयो।
यस्तो सुनेर उनीहरु मन खल्लो परेर त्यहाँबाट हिडेँ । उनीहरु आ आफ्नो घरतिरको बाटो नबोली छुट्टिए । आर्यन भने अब म कुन देश जाने होला भनेर मनमनै सोचेर हिँड्दै थियो । त्यही बेला ऊ बाटोमा ठेस लागेर नराम्रोसँग लड्यो।
उसलाई उड्न निकै गाह्रो भएकाले ऊ भूइँमा नै पल्टिरह्यो । त्यही बेला चिसो शितल हावा पनि चल्न थाल्यो । बाटो केही पर हिँड्दै गरेकी बूुढी आमाले उसलाई देखेर “कठै..! मेरो बाबा, उठ्ने नसक्ने गरी लडेछ उठ” भनेर दौडदै आइ उठाउनु भयो।
भूँईमा लड्दा भएको स साना घाउबाट रगत बगेको देख्नु भयो। घाउमा तितेपाती दली मिचिदिनु भयो । सीता पनि आर्यन लडेको देखेर दौडँदै आइपुगिन् । आर्यन भने केही बोलेनन् । अघिका कुरा उसका मनमा तछाडमछाड गरेर आइरहेका थिए । उसले बिस्तारै सानो स्वारमा भन्यो ”अब म कुनै देश जान्न ।” सीता पनि उसका कुरामा मौन सहमति जनाउँदै हाँसी । बुढीआमा भने उनीहरुका कुरा सुनेर जिल्ल परिन्।