रमेशचन्द्र घिमिरे
काला डल्लामाथि सेता
बिउ जस्ता दाना
वनमा पाइने यसको नाम
अँगेरी हो जान
खाँदा मुख मिठो हुन्छ
जिब्रो हुन्छ कालो
कालो जिब्रो देखाउने
अब तिम्रो पालो
पानी पर्दा केही नहुने
घाम लाग्दा फुट्ने
घमाइलो दिनमा अब
तिमी हामी जुट्ने
पखेरामा गई टिपौँ
भरौँ ठूलो झोला
घर लगी सबैलाई
बाँडे राम्रै होला
झोलासँगै पेट पनि
भरौँ अँगेरीले
नत्र हाम्रो भाग खोस्न
आउला भँगेरीले।