
पुण्यप्रसाद घिमिरे
दाेलखा
बादल छ एकापट्टी,
घाम अर्कापट्टी,
घामपानी इन्द्रधनु,
रमाइलाे कत्ति।
दररर दर्के झरी,
झलमल घाम,
ईन्द्रधनु रूप राम्री,
सप्तरङ्गी लाम।
दर्केले भिजाउँदैछ,
घाम सुकाउँदैछ,
घामपानी खेल मिठाे,
टाेपी लुकाउँदैछ।
एकै छिनमा बररर,
असिनाका दाना,
खेल्दाखेल्दै निथ्रूक्कै,
भिजे मेरा नाना।
कहिले पिँढी कुदेँ,
अनि आँगन कुदेँ,
प्रकाश पानी परावर्तन,
इन्द्रधनु बुझेँ।
घामपानी स्यालबिहे,
आउला हेर्दै बसेँ,
पानी रह्याे घाम गयाे,
घर भित्र पसेँ।





