अंशबण्डा

145

पीपी कोइराला
धरान १३

रमेशले छोरोको आँखाबाट बलिन्द्र आँशु झरिरहेको देखेर सोध्यो,”किन रोएको ,छोरा ?”
छोराले सोध्यो “डेडी!तपाईले हजुरबा लाई किन हाम्रो घरमा नराख्नु भाको?”
रमेशले सफाई दिदै भन्यो, ”मैले जिम्मा लेको छुइन, त्यसैले। “
छोराले फेरि रुँदै सोध्यो,”कसले लेको छ त ?”
रमेशले भन्यो, “कान्छोले जिम्मा लेको छ। “
छोराले सोध्यो,”अनि ऊहाँले हजुरबालाई किन आफ्नो घर नलानु भाको त ?”
रमेशले भन्यो, ”बा नै जान नमानेर। “
छोराले रिसाऊँदै सोध्यो,”अनि ऊहाँ जान मान्नु भएन भने तपाईंले किन नराख्नु भाको त? हजुरबा बुढो भएर पनि माग्ने जस्तो जहींतहीं डुलेर बाँच्दै हुनुहुन्छ । बसाईको ठेगान छैन । यस्तो अवस्थामा तपाईले राख्नु पर्दैन? वहाँलाई तपाईले आफ्नो परिवार भित्रको सदस्य नै ठान्नुहुन्न कि क्या हो ?“
रमेशले भावुक हुँदै भन्छ,”यो कुरा तेरै ममीलाई सोध्न त !”
छोरा रिसाउँदै उसको आमा रमा नेर गएर सोध्छ,”ममी ! हजुरबालाई तपाईहरूले हाम्रो परिवार भित्रको सदस्य नै ठान्नुहुन्न कि क्या हो ?“
रमाले निर्धक्कसँग कड्केर बोलि ,”उहाँको सेखपछि उहाँको नामको जग्गा तेरो कान्छो अंकलको नाममा जाने भनेर अंशबण्डामा लेखेको छ नि त!”
छोराले भक्कानिदै सोध्छ, “ममी !सम्पति जस्तै आमाबाबुको पनि अंशबण्डा गर्नु पर्छ र?”