अभिभावक शिक्षा

दिपेन्द्र तिमल्सिना

हरेक अभिभावकले आफ्ना नानीबाबुहरुलाई विद्यालय पठाउनुभन्दा पहिले र विद्यालयबाट घर पुगिसकेपछि हेर्नुपर्ने कुराहरु:

१) नानीबाबुहरुले गृहकार्य पूरा गरे नगरेको हेर्ने,
२) कापी , पेन्सिल , डट्पेन छ छैन त्यो हेर्ने,
३) स्कुल पोशाक सफा छ छैन हेर्ने ,
४) नङ , कपाल , हात , खुट्टाको सरसफाइमा ध्यान दिने,
५) विद्यालयबाट घर फर्केपछी उनीहरुसँगै बसेर गृहकार्य गराउने,
६) दिनभरी विद्यालयमा भएका गतिविधिहरु सोध्ने,
७) घर नै पहिले पाठशाला भएकोले नानीबाबुहरुको अगाडि घर झगडा कहिल्यै नगर्ने,
८) घर परिवारको सदस्यहरुले आफ्ना नानीबाबुहरुको अगाडि नराम्रो शब्द कहिल्यै नबोल्ने ,
९) आफूभन्दा सानालाई माया गर्न र ठुलालाई आदर गर्न सिकाउने,
१०) घरमा आएका पाहुनालाई सत्कार गर्न सिकाउने,
११) नानीबाबुहरुलाई उनीहरुको लुगा , आफूले खाएको भाँडा आफैँ धुन लगाउने,
१२) विदाको समयमा खेतबारीको तथा घरायसी काम गर्न सिकाउने,
१३) हप्ताको एक पटक विद्यालयमा जाने वा फोन एवम् म्यासेन्जरबाट प्रधानाध्यापक वा कक्षा शिक्षकलाई सम्पर्क गरेर आफ्ना नानीबाबुहरुको पढाइबारे बुझ्ने ।