
डा छायादत्त न्यौपाने
विद्यालयबाट १८ जना विद्यार्थी शैक्षिक भ्रमणमा निस्के । पर्वतकाे जनसेवा माविबाट धनकुटाको पाख्रिबास जान हिँडेका विद्यार्थीसँग ५ जना शिक्षक पनि थिए । अचेल विद्यार्थीले किताबका कुरामा ध्यान नदिने । माेबाइलमा एकाेहाेरिने कि घुमफिरमा रमाउने पढाउनै नसकिने भएपछि विद्यालय र शिक्षकले सल्लाह गरेर याे भ्रमणमा जाने निर्णय गरिएको थियोे । घुम्न जाने त्याे पनि पूर्वी नेपालकाे चर्चित स्थान धनकुटा । विद्यार्थी सहजै तयार भए। शिक्षकले जाने विद्यार्थी प्रत्येकले एक एकओटाे प्रतिवेदन लेख्नुपर्ने अनिवार्य सर्त राखे । विद्यार्थीले याे राम्रै हाे घुमेर फर्केपछि २/४ पेज लेखिहालिन्छ नि भनेर स्वीकार गरे । शिक्षकहरू पनि के कम ! नेपाली विषय शिक्षकले ५-७ पेजको नियात्रा लेख्ने सल्लाह दिए । अङ्ग्रेजी विषयमा पनि अङ्ग्रेजीमा नियात्रा लेखे हुने कुरा भयाे । उस्तै त हाे, भाषा मात्र फरक विद्यार्थीले सजिलै ठाने। विज्ञान शिक्षकले धनकुटाको हावापानी र सरसफाइ विषयमा आफूले देखेका कुरा विश्लेषण गरेर वैज्ञानिक तर्क दिन सुझाए । सामाजिक विषय शिक्षकले धनकुटाको सामाजिक जीवनबारे आफूले देखेका र अनुभव गरेका विषय प्रसङ्ग समेट्न भने । अब आयाे गणितकाे पालाे गणित सरले हामी विद्यालयबाट निस्केदेखि आइनपुग्दासम्मकाे सबै खर्च विवरण तयार गरेर पछि हुने यात्रा समीक्षा बैठकमा सुनाउन सल्लाह दिए। बाँकी रह्यो अर्थ शास्त्र, अर्थशास्त्रका शिक्षकले धनकुटामा बसाेबास गरेका कम्तीमा १० परिवारसँग साेधीखाेजी गरी तिनीहरूकाे आर्थिक अवस्थाबारे यथार्थ चित्रण गर्न भने । यस सकेसम्म फरक फरक पेसा व्यवसायमा संलग्न परिवारसँग कुराकानी गरेर निष्कर्ष निकाल्न सुझाए। आहा कत रमाइलो ! याे यात्राले त किताबविना पढाएर व्यवहार सिकाउने रहेछ । किताब त हेर्नै नपर्ने । दिनदिनै गर्नुपर्ने गृहकार्य एकैचोटि १० दिनपछि फर्केर एकैपटकमा गरिसकिने सिकियाे पनि रमाइलो नि भयाे ! विद्यार्थी खुसी भए पढाइ पनि छुटेन । विद्यार्थीले भाषा सिके, सिर्जना गरे। सामाजिक जीवन पढे बयान गरे । खर्चबर्च हिसाब मिलाए गणित पढे । पेसा व्यवसाय खाेजे, विमर्श गरे, अर्थव्यवस्था थाहा पाए । हावापानीका कुरा गरे, वातावरणकाे अध्ययन विश्लेषण गरे विज्ञान बुझे । फर्केको ३ दिनपछि समीक्षा बैठक बस्यो । बैठकमा शिक्षक विद्यार्थीका अनुहार उज्याला, एउटै स्वर थियो याे हाे नि पढाइ भनेको । एकै प्रयास, मनाेरञ्जन सबै विषय बुझेर पढाइ ! क्या मजा आयाे । यसैकाे सिकाे गरेर अर्को दिन कक्षा ७ सातका विद्यार्थीलाई भञ्ज्याङ पाेखरीकाे पानी सफा गर्ने उपाय खाेज्न एक दिवसीय शैक्षिक भ्रमण गराइयाे। पाेखरीकाे पाेहाेर पानी खाएर गाईवस्तु र पन्छीहरू पनि बिरामी पर्न सक्छन् भन्दै याे पाेखरी तुरुन्तै सफा गर्नुपर्ने तर्क दिए । पाेखरीमा पानी आउने मुहान सफा गर्ने , फाेहाेर पानी निकालेर सफा पानी भर्ने र अबदेखि फाेहाेर गर्न राेक लगाउने कुरा अबिलम्ब गर्नुपर्ने निष्कर्ष निकाले । उनीहरूले स्थानीय सरकारलाई निवेदन दिए । विद्यालयले घचघच्यायाे । पाेखरी सफा भयाे । अचेल पाेखरीवरिपरि पशुपन्छी रमाएर खेल्छन् । नयाँ अनुभव परिपक्व पढाइ अनुशासित सहकार्य ! यस्तो एउटै प्रयासमा विविध विषयज्ञान प्राप्त हुने कस्तो राम्रो विकल्प फेला पनि रमाइलो नि भयाे ! विद्यार्थी खुसी भए पढाइ पनि छुटेन । विद्यार्थीले भाषा सिके, सिर्जना गरे । सामाजिक जीवन पढे बयान गरे । खर्चबर्च हिसाब मिलाए गणित पढे । पेसा व्यवसाय खाेजे, विमर्श गरे, अर्थव्यवस्था थाहा पाए । हावापानीका कुरा गरे, वातावरणकाे अध्ययन विश्लेषण गरे विज्ञान बुझे । फर्केको ३ दिनपछि समीक्षा बैठक बस्यो । बैठकमा शिक्षक विद्यार्थीका अनुहार उज्याला, एउटै स्वर थियो याे हाे नि पढाइ भनेको । एकै प्रयास, मनाेरञ्जन सबै विषय बुझेर पढाइ ! क्या मजा आयाे । यसैकाे सिकाे गरेर अर्को दिन कक्षा ७ सातका विद्यार्थीलाई भञ्ज्याङ पाेखरीकाे पानी सफा गर्ने उपाय खाेज्न एक दिवसीय शैक्षिक भ्रमण गराइयाे । पाेखरीकाे पाेहाेर पानी खाएर गाईवस्तु र पन्छीहरू पनि बिरामी पर्न सक्छन् भन्दै याे पाेखरी तुरुन्तै सफा गर्नुपर्ने तर्क दिए । पाेखरीमा पानी आउने मुहान सफा गर्ने , फाेहाेर पानी निकालेर सफा पानी भर्ने र अबदेखि फाेहाेर गर्न राेक लगाउने कुरा अबिलम्ब गर्नुपर्ने निष्कर्ष निकाले । उनीहरूले स्थानीय सरकारलाई निवेदन दिए । विद्यालयले घचघच्यायाे । पाेखरी सफा भयाे । अचेल पाेखरीवरिपरि पशुपन्छी रमाएर खेल्छन् । नयाँ अनुभव परिपक्व पढाइ अनुशासित सहकार्य ! यस्तो एउटै प्रयासमा विविध विषयज्ञान प्राप्त हुने कस्तो राम्रो विकल्प फेला पर्याे । याे पढ्ने पढाउने नयाँ विधि पाएर शिक्षक विद्यार्थी सबै खुसी !





