
सुन्दिप सुनार संयोग
बाजुरा
आजभन्दा करिब आधा दशक अगाडि एउटा गरिब वर्गको विधुवा आमाले आफ्नो कान्छो छोरालाई पठनपाठन का लागि आफ्नो मन तन धन पुरै छोरा प्रति समर्पित गर्छिन्। मानौँ कि पुर्खेउली माइतीको आकर्षक वा नक्कल आफ्नो छोरालाई सफल बनाउन अदिया हलिया र दास बन्न पनि पछि परिनन् । छोराको मिहिनेत र पढाई प्रतिको लगाव पनि उत्तिकै अब्बल थियो ।
छोरालाई पनि बाहिरी दुनियाँ भन्दा आमाको तपस्या, मिहिनेत, संघर्ष र इज्जतमा ध्यान र डर थियो । ऊ अध्ययनका निम्ति बढी साथी भन्दा गरु आमा र गुरु बा सँग बढी घुलमिल हुन्थ्यो।
आधारभूत तह शिक्षा अध्ययन पूरा गरी सके पछि गुरुबाको सल्लाह, प्रेरणा अभिभावक जिम्मेवारी सहित ऊ गाउँको विद्यालय भन्दा छिमेकी गाउँ टाढाको विद्यालय अध्ययन पूरा गर्नको लागि गयो। आफ्नो अध्ययनलाई अरुसँग प्रतिस्पर्धा गर्न उसलाई चुनौती नैं थियो । छिमेकी स्कुलमा जाँदा उसलाई सुरुको दिन देखि नै चुनौती खेप्नु परेको थियो । सुरुमा भर्ना गर्न जाँदा प्रधानाध्यापक सँग बाजाबाज भएको थियो । त्यो हुनुको मुख्य कारण विगतका वर्षहरूमा पनि त्यो विद्यालयमा अध्ययनको लागि विद्यार्थी गएका तर अनुतीर्ण भएर विद्यालयको नै बदनाम गराएका रहेछन् । त्यसको परिणाम उसले भोग्यो ।
उसलाई झगडा भन्दा पनि सुरुमा भर्ना हुनु थियो। त्यो दिन भर्ना गरिदिनु भएन तर पछिल्लो दिन आमा सहित गएर भर्ना गरिदिनु भयो । भर्ना गरेको करिब दुई हप्ता देखि विद्यालयमा अध्ययन सुरु भयो । उसलाई गाउँबाटै जानुपर्ने भएकाले साह्रै थकित महशुस हुन्थ्यो र कहिले काँही त कक्षा कोठा मै निदाउने गर्थ्यो । उसलाई अल्छी पनले होइन थकाइले निद्रा लाग्थ्यो । ऊ एक दुई दिन त दोस्रो र तेस्रो घण्टीमा दण्डित पनि भएको थियो । उसले पढाइप्रतिको निरन्तरता, लगनशिलता, अनुशासन र एउटा डरले ऊ सफल हुँदै गयो । माध्यमिक तह दुई वर्ष (९-१०) सकिन करिब तीन महिना बाँकी हुँदा ऊ बिरामी भएर एक महिना थला परेको थियो। आमाको आशामा निराशा बन्छु कि भन्ने चिन्ता छोरामा थियो । तर आमाको आशीर्वादले पुरै रूपमा सञ्चो नभए पनि ऊ केही हदसम्म सञ्चो भयो। २०८० चैत्र ८ गतेबाट सुरु हुने एस ई ई को परीक्षामा आमाले हरेश खाएर यो वर्ष सक्दैनौ अर्को वर्ष परीक्षा दिनु भन्नु भएको थियो तर छोराले मिहिनेत गरेर अध्ययन गरेकोले त्यसै वर्ष परीक्षा दिने निधो गर्यो।
परीक्षा करिब १० दिन चलेको थियो । परीक्षा दिएर विदामा ऊ गाउँ घर भन्दा टाढा मामाको घर शहरतिर गएको थियो। शहर गएर प्राविधिक शिक्षा पढ्ने उद्देश्य उसको थियो। न भन्दै असारको दोस्रो साता माध्यमिक तहको नतिजा प्रकाशित भयो। नतिजा प्रकाशित भएको खबर गाउँघरमा पुरै हल्ला चल्यो । त्यो हल्ला आमा कहाँ पनि पुग्यो । ल बधाई छ फलानाकी आमा तिम्रो छोरो एस ई ई पास भयो रे ! आमा अनपढ(अशिक्षित) भएकाले उनलाई विश्वास लागेको थिएन । तर पनि गाउँलेको गाईगुइले हर्षित थिइन् । छोरालाई चाहिँ आफ्नो मिहिनेत अनुसारको जिपिए नआएकोमा पिर थियो । आओस् पनि कसरी ? परीक्षाको समयमा ऊ बिरामी अवस्थामै थियो । खैर छोरा पास भएकोमा आमा एकदम हर्षित थिइन् । करिब एक महिना पछि माध्यमिक शिक्षा पढ्न प्रमाण पत्र चाहिँने भयो । शहरबाट छोराले आमालाई प्रमाण पत्रको लागि विद्यालय पठायो । जब आमा विद्यालयमा प्रमाण पत्र लिन जानु भयो तब गुरुबाले प्रमाण पत्रको ठेली पल्टाउँदा करिब पचास पच्पन्न विद्यार्थीहरुको रिजल्ट हेरी सक्दा एक दुई विषय लागेका धेरै विद्यार्थीहरु देख्दा गुरुबा पनि निराश भएको र त्यो देखेर आमामा पनि निराश पन पलाएको थियो। जब छोराको प्रमाण पत्र देखाएर गुरु बाले भन्नु भयो, “धेरै विद्यार्थी अनुत्तीर्ण भएको देख्दा निराश भएको मन यो केटो पास भएको देखेर खुसी लाग्यो” भन्दा आमाको हर्षले सीमा नै रहेन। मैले छोराप्रति गरेको मिहिनेत राम्रै गरेछु भन्ने बल्ल आभास भएको थियो । अशिक्षित आमा लेखेको भन्दा सुनेको विश्वास गर्ने उहाँ त्यो दिन बेहद खुसी हुनु भयो । अशिक्षित आमाको खुसी त हो बेलुका फोन गरेर छोरालाई सुनाउछिन तिम्रो गुरु बाले तिमीलाई केटा त पास भएको रहेछ भन्दा आफूले भोगेका दुःख सबै बिर्सेँको र तिम्रो भविष्य उज्वल होस् छोरा भन्नु भएर फोन राख्नु भयो।





