बालकृष्ण गजुरेल
“यार के कपडा पहिरेको । यो शहर हो । ढंगको कपडा पहिरनु पर्छ । ” मैलो मेरो दौरा सुरुवाल देखेर रामराजन चिढिए । निदारको टीका शहरमा फापेन । दौरा सुरुवाल लगाएर बिहेमा गैथेँ । फर्कँदा बाटोमा गाडीले हीलो छाप्यो । म हिलाम्मे बनेँ । उनले सुट लगाएका थिए । साथमा बेलायतबाट ल्याएको जुत्ता लगाएका थिए । पर्फ्युमको सुगन्ध फ्रान्सको थियो । लवजको बिच बिचमा अंग्रेजी शब्द मिसाउँथे । उनी निकै आधुनिक सोच्थे । दर्शनको बहस सुरु भयो । ११ पुर्विय दर्शन तथा बाँकी पश्चिमका दर्शनमा केही भिन्नता रहे पनि भौतिकवादीहरुले निश्कर्षको रुपमा हरेक बस्तुमा उर्जा हुन्छ भने । अध्यात्मिकवादीहरुले आत्मा हुन्छ भने । बिषय उस्तै-उस्तै थियो । तडक भडक कपडा लगाउँदा समेत रामराजन तार्किक लागेनन् । साथीले दनक दियो, ” कपडा २४ शताब्दीको लगाएर के गर्नु दिमाग १२ शताब्दीको भएपछि । दृष्टि बदले पो सृष्टि बदलिन्छ । “