आवस्यकता

104

जीवन दाहाल
गौरादह-७,झापा

एउटा डुङ्गामा डाक्टर,इन्जिनियर,वकिल,राजनीतिज्ञ र प्राध्यापक खोलो तर्दै थिए ।
खोलाको मूल भँगालोमा पुगेपछि माझीले थाहा पायो डुङ्गामा लोड बढी भएछ, अनि उसले यात्रुहरूलाई अनुरोध गर्यो-“एकजना बराबरको भार बढी भयो यो डुङ्गामा पौडिन जान्ने एकजना चैं पौडिएर तर्नुहोस् नत्र डुङ्गा डुबेर सबै जनाको एकै चिहान हुन्छ ।”


यात्रुहरुले एकापसमा हेरा हेर गरे । मुखामुख गरे यो पानीमा फाल हाने हुन्थ्यो भन्ने भावमा तर कसैले जाँगर देखाएन ।
अनि माझीले डाक्टरलाई अनुरोध गर्यो-
हुन्न हुन्न । देशभरी नैं गतिला डाक्टर अभाव छ, यदी डाक्टर नै डुब्यो भनें त लाखौं मानिसको जीवन डुब्दैन उपचार नपाएर ? त्यसैले मैले हाम्फाल्नै हुँदैन ।
इन्जिनियर नहुने हो भनें देशको विकास नै ठप्प हुन्छ त्यसैले मैले हामफाल्ने कुरै हुँदैन ।
देशकै न्याय प्रणाली ध्वस्त हुन्छ वकिल भएन भनें त्यसैले मैले हाम्फाल्नु हुँदै हुँदैन ।
देशको राजनीति कसले सम्हाल्ने ? नेतृत्व कसले गर्ने ? राजनीतिज्ञ नै नभए पछि ? देशको चिन्ता गर न देशको ।
डाक्टर,इन्जिनियर,वकिल,राजनीतिज्ञ जस्ता जनशक्ति उत्पादन गर्ने प्राध्यापक नै नरहे देशको हालत के होला ? अनि विद्वान प्राध्यापक डुबोस् भनेर कामना गर्ने ? म त कुनै हालतमा पनि फाल हान्दिन जेसुकै होस् ।
सबैको तर्क सुनेपछि माझीले “उसो भए मेरो चैं आवस्यकता रहेनछ यो देशलाई र मरे चैं यो देश सुरक्षित हुने रहेछ,नमस्कार”-भन्दै झ्वाम्म खोलामा फाल हान्यो ।