इख


तुलसी पण्डित

यो कुर्सी मैले प्राप्त गर्नुमा मेरो आमाको ठूलो देन छ।
“छोरा तेरो आँखामा किन आँसु । यसले त मेरो हृदय छिया छिया हुन्छ।”
यो आमाले सन्तान प्रति गर्ने कर्तव्य हो भनेर पटक्कै पन्छिन मिल्दैन। सायद यति दुखका साथ सन्तान बनाउने बाबुआमा पाउन दुर्लभ हुन्छ होला। उसले बिगत सम्झियो।
आमा मलाई पढ्न अति मन छ । तर के गरौँ म खुट्टाको अपाङ्ग हिडेर स्कुल जान सक्दिन। घ्रिस्रिएर जाउँ उकालो आोरालो छ कसरी जाउँ ?
“छोरा आँट गरे भगवानले पुर्याउछ भन्छन् । तँ आँट मात्र गर म सबै कुराको व्यवस्था गर्छु ।”
“आमा तपाईँ नै विचार गर्नु त म न पढे जीवनको सार छैन । हजुरलाई सधैँ म बोझिलो मात्र हुन्छु ।” “छोरा हरेस न खाउँ । म तिमीलाई बोकेर स्कुल लाने ल्याउने गर्छु।”
आठ वर्षको उमेरमा मलाई आमाले बोकेर स्कुल लाने ल्याउने गर्न थाल्नु भयो । मलाई ठेस लागेकोले राम्रोसँग पढेँ । म खेल्न सक्दिनथे । खेल्ने समय पनि पढ्ने लेख्ने गर्नाले मेरो प्रगति भयो । पाँच कक्षामा पुगे । म कक्षाको प्रथम विद्यार्थी थिए । खानको लागि दुःख थियो । बाबा अपाङ्ग छोरो जन्माइ भनेर आमालाई छोडेर अर्की आमा लिएर हिडे । आमा मलाई स्कुल पुर्याएर मेला जानु हुन्थ्यो । बेलुका चार बजे स्कूलमा लिन आउनु हुन्थ्यो।
मेरो तौल बढ्दै गयो आमालाई बोक्न गाह्रो भयो । स्कूलमा साथी सरहरूले पैसा उठाएर ह्वील चियर किनेर दिए। त्यसैमा आमाको सहयोगमा म स्कुल आउने जाने गर्न थालेँ।
एसइइको परीक्षा दिए । ए प्ल्स ल्याएँ । त्यसपछि क्याम्पसले सहयोग गर्यो । आमालाई केही राहत भयो । खाने बस्ने क्याम्पसमा हुन्थ्यो।
पढ्दै जादा एम ए सी पास गरेँ । लोकसेवाको जाँच दिएँ । अधिकृतमा नाम निस्क्यो । अहिले अपिसको प्रशासन फाँट हेर्छु।
अहिले कतिपयका बाबुआमाले गुनासो गरेको सुनिन्छ । अझ मलाई भन्ने गर्छन्।
“के गर्ने बाबु छोरालाई पढ्नका लागि सबै सुविधा दिएँ तर पढ्न सकेन।”
म आफू भन्ने गर्छु । “इख न भएका छोराछोरीहरूले पढ्न सक्दैनन् बाबा ।”