इमानको फल


रम्भा पौडेल

किसोर सानै देखि फुटबल खेल्न मन पराउथ्यो । उ सधैँ स्कुलबाट फर्केपछि नदीको किनारमा बनाइएको फुटबल ग्राउण्डमा खेल्न जान्थ्यो । फुटबल मैदानको नजिकै एउटा ठुलो आँपको रुख थियो।
एक दिन किसोरका साथीहरुले भने अब हामी खेलको प्रतिस्पर्धा गरौँ । यसले हामीलाई जीवनमा सफलता हासिल गर्न मद्दत गर्दछ र अनुशासित बन्न पनि सिकाउँछ।
बिनोदले भन्यो —त्यति मात्र होइन साथी हार स्वीकार गर्न पनि सिकाउँछ । त्यहाँ भएकाकेटाहरुले हो हो भने । ल म टिम बनाउछु भन्दै किसोरले टिम बनायो र आफैँ टोली नेता बन्यो । बिनोदले पनि आफनो टिम बनायो।
भोलिपल्ट खेलको प्रिितस्पर्धा गर्ने तयारी भयो । किसोरलाई रातभरि निन्द्रा लागे्न । भोलिपल्ट उ साथीहरु भन्दा चाँडै फुटबल मैदानमा आइपुग्यो । तर त्यहाँ अरु कोही साथीहरुलाई नदेखेपछि उ, त्यै ठुलो आँपको रुखको छहारीका बस्ने सोच बनायो र त्यता लाग्यो।
त्यहाँ उसले एउटा बास्केटभरि पाकेका आँप देख्यो । उसले यताउती हेर्यो । तर कसैलाई देखेन । सायद कसैले बिर्सेर छाडेको होला । उसले भन्यो।
उसलाई त्यो आँप झिकेर खान मन लाग्यो । उसले त्यहीबेला आमाले भनेको सम्झयो—“बाबु कसैको पनि चोरी गरेर नखानु । त्यत्तिकै बाटोमा तिमीले पैसा अथवा मिठा परिकार भेट्टायौ भने पनि नलिनु । त्यो बस्तु अरु कसैले राखेको हुन सक्छ । बरु यो कसको हो भनेर खोजी गरि बुझाइदिनु । आफनो मेहेनतको फल मात्रै मिठो हुन्छ । यी आँप मेरा मेहनतले आएका होइनन् । मैले लिनु हुँदैन । मनमनै भन्यो र साथीहरु आउने बाटो कुरेर बसिरहयो।
त्यत्रिकैमा उसले एउटी बुढी आमा हतार गर्दै आइरहेको उसले देख्यो । बुढी आमाले भन्नुभयो —”बाबु मैले आँप राखेको बास्केट छोडेछु तिमीले देख्यौ ?”
उसले हतार गर्दै भन्यो हजुरआमा हजुरका आँप यहाँ छन । यी लिनुहोस् । बुढीआमा खुशी हुनुभयो र उसलाई आशीर्वाद दिनुभयो । बाबु तिम्रो जय होस । तिम्रो हार कहिले नहोस।
आमाको आशीर्वादले उसको मन गद्गद् भयो । उसको मनमा उर्जा पलायो।
उता भलिबल मैदानमा अरु साथीहरु पनि जम्मा भइसकेछन । उ खुसी भएर खेलमा गयो । खुशी भएर फुटबल खेल्दा उसले धरै गोल गर्यो । किसोरको टिम बिजयी भयो । साथीहरुले किसोरलाई उचालेर किसोरको जयभन्दै सबैले म्वाइ खाए।