
निमा छिरिङ भोटिया
जलढाका कालेबुङ, भारत
निकिता आज धेरै खुशी छिन्। किनभने वर्षभरी पढेर आज यसको फल अथवा रिजल्ट पाउने दिन। जाडो याम भएर होला। सबै खेल मैदानमा तातो घाम ताप्नुमा व्यस्त छन्। यस्तैमा निकिता खुशी हुँदै सबैको अघि आउँछिन् र आफ्नो परीक्षाको रिजल्ट हातमा लिएर सबैलाई देखाउँदै भन्छिन् _____”आजको रिजल्टमा म फस्ट भए।”
सबैले उसलाई एकसोरमा स्याबासी दिन्छन्। उ पनि सबैलाई धन्यवाद भन्छिन्। रिजल्ट हातमा लिएर उ घर पुगेर आमालाई भन्छिन् ___”आमा, म यसपालि पनि फस्ट भएँ।”
“स्याबास छोरी ! यसरी नै तिमी अर्को पालि पनि राम्रो पढेर फस्ट नै हुने है” भन्दै आमाले उसको गालामा म्वाइ खान्छिन्।
निकिता खुशी हुन्छिन्। अनि उसले आमालाई सोध्छिन् ___”आमा,राजु भाइ त ! सरले भनेको झुण्डेर मात्र पास भयो हरे। आमा, कसरी झुण्डेर पास भयो भनेको ___?”
उसको कुरा सुनेर आमा मुसुमुसु हाँस्दै भन्छिन् ___”नानी __! राम्ररी पढेन भने कम्ती कम्ती मार्सक आउँछ। एक दुई विषयमा कम्ती मार्कस आयो भने सरहरूले रातो दाग लगाई दिन्छन। यसरी दाग लागेर पास भयो भने। झुण्डेर पास भएको भन्छन नि __!”
आमाबाट कुरा स्पष्ट सुनेपछि उ खुशी हुँदै माथिल्लो घरमा रिजल्ट बोकेर काका काकीलाई देखाउन लाग्छिन्।





