टीकाराम जाेशी
टीकापुर
“के छ हाल खबर वैज्ञानिककाे ? “रमेशले अन्तिम शब्दमा विशेष जाेड दिदै भन्याे।
पढाईमा अव्वल रमेशकाे व्यङ्ग्यलाई राजले नबुझेको हाेइन। उसले नसुने झैँ गर्याे।
राजलाई काममा व्यस्त देखेर भन्याे,”पक्कै उड्छ त ?”
“यसपटक मैले केही सुधार गरेकाे छु। पहिलेकाे भन्दा अहिले जाेडेकाे पाताकाे लम्बाई बढी छ ।” रमेशले भन्याे।
“लम्बाई बढाएर मात्रै त भएन । ब्याट्रीको शक्ति र ताैलकाे पनि ख्याल गर्नुपर्ला नि।” राजले शङ्का जाहेर गर्याे।
“ठिक्कको छड्के परेकाे पाता छ। बेगले घुम्दा पातामाथि र तलपट्टिकाे हावाकाे चापमा पर्ने अन्तरलाई नियन्त्रण गर्ने व्यवस्था पनि गरेकाे छु। अनि किन नउड्ला त ?” रमेशकाे स्वरमा दृढता थियो।
ऊ उडानकाे सिद्धान्तकाे प्रयाेग गरेर ड्राेन बनाउँदै थियो।
रमेशले राजकाे अनुहारमा अनाैठाे आत्मविश्वास देख्याे । उसले राजकाे अगाडि आफ्नाे कद सानाे भएकाे महसुस गर्याे।उसले मनमनै साेच्याे, “सिद्धान्तको ज्ञानले मात्र नभइ व्यवहारिक प्रयाेगले कद अग्लिने रहेछ।”