बिनोद प्रसाद ढकाल
इनरुवा , सुनसरी
विद्यालयमा आज शिक्षकले सोधे:
शिक्षक: “तपाईँहरूले कसैलाई खुशी बनाएको क्षण सुनाउनुहोस्।” कमला उभिइन्।
कमला: “एक दिन म बाटोमा हिँड्दै थिएँ। एउटी सानी बहिनी भोकले रोइरहेकी थिई। मसँग भएको चाउचाउ दिएँ।” शिक्षक: “त्यसपछि के भयो?”
कमला: “ऊ मुस्काई। अनि भनी, ‘दिदी, तपाईँ परी हो ?’” सबै विद्यार्थी हाँसे। शिक्षकले भावुक हुँदै भने:
शिक्षक: “साँचो उपहार भनेको पैसाको होइन, मनको हो।” बेलुकी घरमा आमाले सोधिन्:
आमा: “आज स्कूलमा के भयो छोरी ?”
कमला: “आज म सबैको नजरमा नायिका भएँ। म सधैँ अरूको मन जित्ने काम गर्न चाहन्छु।”
आमा: “मेरो छोरी त साँच्चै सुनजस्ती मनकी छस।” त्यस दिन कमलाले बुझिन्—सफलता अरूलाई खुसी बनाउन सक्नु पनि हो।