“कर्मी मौरी”


देवराज कार्की मिलन
बिराटनगर

बगैंचामा मौरी भुन भुनाउदै
एक फुल बाट अर्को
रस स्वादनमा रमाउदै
घुमिरहेछ यायावर
पत्तै छैन घुमन्तेलाई
उ परागसेचन गर्दै
उत्पादनमा सघाउदै
जिवलाई हसाउदै
उ फुल मै नाची रहन्छ
कर्मी मौरी बिश्वमा
ॠतु अनुसार डुलिरहन्छ।

कहिले रुखको सुनाखरी पुग्छ
कतै बगैचाको गुलाफमा चुम्छ
भिरको टाकुरो गुराँस फुलेको
उ पहिल्यै देख्छ
खुट्टा सजाएर पहेँलो
पखाल्न आफ्नो बसस्थान
चाकामा मै लटपटिन्छ
कति महान छ
स्यानो भए पनि
मौरी निस्वार्थ छ।

इकोसिस्टम बचाउन
संसार चलाउन
आफ्नो दाइत्वमा
रसिलो गित गुनगुनाउदै
दिनरात मेहनतमा भुनभुनाउदै
न कसै संग रिसराग छ
वैमनस्यता उ गर्दैन
मान्छे जस्तो स्वार्थी
मौरी कसरी हुन्छ ?

फोहोर खण्डहर डुल्छ
नराम्रोलाई राम्रोमा बदल्छ
मनका तरेलिमा सजिएर
उ कर्मीमा कहलिन्छ
त्यही भएर मौरी
कर्मी परिश्रमी हुन्छ
डाइनो मौरी अल्छी हुन्छ
अर्काको परिश्रम ठगेर खाने
सामान्ती मान्छे जस्तै त हो
त्यही भएर पुर्खा भन्थे
झिगाको पछिलागे फोहर
मौरीको पछि लागे फुल।