कस्काे हाेला हित ?

रामप्रसाद पन्थी
रेसुङ्गा न पा २ गुल्मी

शिक्षा क्षेत्र अस्त व्यस्त हुँदै गयाे आज
नेपाली हूँ भन्न पनि लाग्न थाल्याे लाज ।

झाेला बाेकी सबै हिडे परदेशतिर
नेपालमै बसे पनि छैन उँचो शिर ।

विद्यालय शान्ति क्षेत्र कता गयाे कता
आन्दोलन मात्रै देख्छु मैले यताउता ।

सधैँभरि गुरूहरू आन्दाेलित भए
पाठशाला दिन दिनै बन्द हुँदै गए ।

शिक्षककाे हित गर्ने शिक्षा ऐन छैन
शिक्षकले भन्छन् यस्तो ऐन मान्ने हैन ।

शिक्षकले भनेका छन् गरी खान देऊ
सबैलाई मान्य हुने शिक्षा ऐन ल्याऊ ।

शिक्षकले अधिकार खाेज्दै गर्दा यता
विद्यार्थीका अधिकार भन गए कता ?

बार्ता बसी समस्याको समाधान गर
हठ छाडी देश हित गर्न अघि सर ।

शिक्षा ध्वस्त भयाे भने कस्काे हाेला हित
देश माथि उठाउने गाऊ बरू गीत ।

शिक्षकले गर्व गर्ने ठाउँ खाेजी गराैँ
नेपालकाे समृद्धिका लागि अघि सराैँ ।

शिक्षा ,स्वास्थ्य ,राेजगारी यतै खाेजी गराैँ
नेपाली हाे नेपालम‌ै अब भर पराैँ ।