रामप्रसाद पन्थी
रेसुङ्गा न. पा .२ गुल्मी
बाबा सामु गएर
भनेँ मैले सुटुक्क
काफल् गेडी खाने मन्
लाग्याे बाबा कुटुक्क।
कहाँ फल्छ काफल
बाेट चिन्या छ छैन ?
भन्नुहुँदा बाबाले
मैले भने था छैन।
हिड जाऊँ मसँग
जंगलमा जाऊँला
बाबा छाेरा मिलेर
काफल गेडी खाउँला।
बाबासित म पनि
सँगै गएँ वनमा
काँडा झाँडी देखेर
डर लाग्यो मनमा।
देख्याै बाबू काफल
लटरम्म फलेकाे
भन्नुहुँदा बाबाले
हेर्दा झण्डै ढलेकाे।
रूख चढी बाबाले
टिप्नु भयाे काफल
मैले पनि भुइँमा
थापी बसेँ रूमाल।
थिए गेडी काफल
निकै मिठा रसिला
बिष हाली पाकेका
फलभन्दा पाेषिला।
भेटाएमा साथी हाे
खाइ हालाैँ काफल
सिजनकाे फल याे
खानु निकै जाती हाे।