
हरि आत्रेय
सानोठिमी भक्तपुर
के हो मेरो नाम
बढार्ने हो काम
सबको घरमा हुन्छु
कोठा चोटा डुल्छु
कहिँ बाबियाको
कहिँ अम्रिसाको
तान्द्रा तान्द्रा जोडेर
बाँध्छन् मूठा पारेर
माकुराको जालो
भूईको धुलोमैलो
खोज्दै खोज्दै हिड्छु
सफापारी दिन्छु
म त रून्छु भिजेमा
काम दिन्न भत्केमा
राख एकै ठाउँ
खोजिगर्दा पाउँ
काम खोज्दै हिड्छु
सबको प्यारो हुन्छु
फोहोरको हुँ छुच्चो
नाम मेरो कुचो।





