
शिव पुन
तिमी बिना धर्ती सारा, बन पाखा रुन्छ
सपनामा भए पनि, तिमी आए हुन्छ।
तिम्राे चित्र देखे पनि, भित्री मन छुन्छ
सपनामा भए पनि, तिमी आए हुन्छ।
तिम्रा साँची आकाशमा, घाम तारा जुन्छ
सपनामा भए पनि, तिमी आए हुन्छ।
गीता भन्दा महा-ज्ञान, अब अर्को कुन्छ
सपनामा भए पनि, तिमी आए हुन्छ।
अब हेर मेराे भक्ती , कस्ले कहाँ सुन्छ
सपनामा भए पनि, तिमी आए हुन्छ।





