
खगेन्द्र बस्याल
तिलोत्तमा ९ सरस्वती पथ,रुपन्देही
“किताबको किरो हुनुभन्दा कहिलेकाहीँ तासखेल्न पनि सिक्नु पर्छ,यसले जुक्ति पढ्नुका साथै साथीहरू पनि थपिन्छन्,हिँड मसँग ” गौरवले सन्तोषलाई भने। सन्तोषले जवाफ दिए,” मसँग पैसा छैन । मान्छौ भने तासमा मन नलगाउ।” गौरवले भन्यो, “म छँदैछु नि,पैसाको के को चिन्ता ।” सन्तोषको सल्लाह रह्यो, ” यस्तो काममा सहयोग गर्नु साथीको धर्म होइन । पैसा नभएकोले नजान खोजेको होइन के। कहिलेकाहीँ मेरो पनि अर्ति मान।” ऊ जङ्गियो। “उसो भए तिमीसँग के छ, मलाई बताउ त !” उत्तर दियो, “म पैसाको मात्रै होइन समय मेरो धन भएकोले यसको पनि बचत गर्न चाहन्छु , आफ्नो बाटो लाग्नु भए हुन्छ ।” केही सोच्दै आफ्नो भनाइ स्पष्ट पार्न चुनौती दियो गौरवले। सन्तोषले सम्झायो, ” हामीले समयको महत्व नचिनेर अनावश्यक काममा यसलाई खर्च गर्यौं भने उसले हामीलाई नष्ट नपार्ला त !”





